साउन ८, काठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडों आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडों आ"/>
२ माघ २०८२, बिहीबार
नुवाकोट - NWK

बलात्कारीहरुलाई खोज्दै बलात्कृत महिला राजधानीमा (घटना यसरी भयो)

८ श्रावण २०७३, शनिबार ०३:०३

साउन ८, काठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडों आएकी छन् ।

पीडकहरुले पैसा र पावरको पटक-पटकको धम्कीले बिचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको उनले बताइन् । तामाङले पतिसँग सम्बन्धविच्छेद गरेको ६ वर्ष भइसक्यो । 

घटना चार दिन अगाडिको हो । आफ्नो गुजारा चलाउन उनी नुवाकोटको बिदुर नगरपालिकामा एउटा होटल सञ्चालन गरेर बसेकी थिइन् । 

दिनभर सिमसिमे पानीमा रुझ्दै खेतमा काम गरेर आएकी उनी थकित थिइन् । उनी मासु पकाइरहेकी थिइन् । होटलको कोठामा पकाएर खाने भएकाले उनी सटर आधा खोलेर मासु पकाउँदै थिइन् । यत्तिकैमा कति मिठो बासना आएको भन्दै तीन जना रक्सीले मातिएका व्यक्ति पसलमा छिरे । उनले पसल आज नखोलेको बताएपनि उनीहरु जान मानेनन् ।

केहीबेर रक्सी खाएपछि उनीहरुले आज यही बस्ने बताए । तामाङले आफ्नोमा बस्ने व्यवस्था नभएको बताएपनि उनीहरुले उनलाई जबरजस्ती गरे । उनले ती व्यक्तिलाई कोठा देखाउन जाँदै गर्दा समातेर लछारपछार पार्दै तीन जनाले रातको १२ बजेसम्म सामूहिक  बलात्कार गरिरहे । उनले रोइकराई गर्दा उनीहरुले हल्ला गरे मारिदिने भन्दै उनलाई धम्काए ।

बल्लतल्ल बलात्कारीको चंगुलबाट उम्किएर उनी प्रहरी कार्यालय पुगिन् । तर प्रहरीले रातको १२ बजेसम्म पसल खोल्ने भन्दै उल्टै गाली गरे । उनको बेदना सुनेर अन्तमा उनीहरुले उजुरी भने दर्ता गरेको तमाङले बताइन् । आफूलाई पीडा दिनेहरु काठमाडौंमा रहेको थाहा पाएपछि उनी राजधानी आएकी छिन् । पीडकलाई पक्रन सहयोग माग्न उनी माइती नेपाल आइपुगेकी हुन् । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल