साउन ९, काठमाडौं | भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियर कामविहीन भएका छन्। समयमै अनुदान रकम नपाएर भूकम्पपीडितले घर निर्माण सुरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं | भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियर कामविहीन भएका छन्। समयमै अनुदान रकम नपाएर भूकम्पपीडितले घर निर्माण सुरु"/>
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

पुनर्निर्माणमा खटिएका इन्जिनियरले काम पाएनन्

२०७३, ९ श्रावण आईतवार ०१:१६

साउन ९, काठमाडौं | भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियर कामविहीन भएका छन्। समयमै अनुदान रकम नपाएर भूकम्पपीडितले घर निर्माण सुरु नगरेकाले इन्जिनियरहरू कामविहीन भएका हुन्।  

भूकम्प प्रभावित ११ जिल्लाका दुई लाख ४४ हजार ६ सय २४ पीडित परिवारसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेको छ। तीमध्ये ३४ हजार नौ सय ४८ पीडित परिवारको खातामा मात्रै पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भएको छ।

बर्खा लागेपछि रकम पाएकाले भूकम्पपीडित कसैले पनि घर निर्माण गर्न सकेका छैनन्। प्राधिकरणले भूकम्पपीडितका घर निर्माणमा सघाउने भन्दै भूकम्प प्रभावित ११ जिल्लामा एक महिनाअघि दुई हजार ६ सय इन्जिनियर परिचालन गरेको छ। आफ्नो काम नभएपछि उनीहरू गाविस कार्यालयको सहायकका रूपमा छन्।

खातामा रकम पुगेका भूकम्पपीडितले निर्माण नथालेकाले इन्जिनियरहरूले काम गर्न नपाएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनन्तबहादुर सिलवालले जानकारी दिए।

‘अनुदान सम्झौता भएर केही पीडितको खातामा रकम पनि आयो। तर, घर बनाउन थालिएको छैन,’ सिलवालले भने, ‘केन्द्रबाट इन्जिनियर आएका छन्। उनीहरू गाउँमा पुगेका पनि छन्। तर, काम गर्न पाएका छैनन्। घर बनाउने काम नै सुरु भएको छैन। यस्तो अवस्थामा उनीहरूले के काम गर्ने ?’ गोरखाका सहायक सिडिओ नेत्रबहादुर शर्माले घर बनाउन खटिएका इन्जिनियर अनुदान सम्झौतामा गाविससचिवलाई सघाएर बसेको बताए। – नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने