साउन ९, काठमाडौं | भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियर कामविहीन भएका छन्। समयमै अनुदान रकम नपाएर भूकम्पपीडितले घर निर्माण सुरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं | भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियर कामविहीन भएका छन्। समयमै अनुदान रकम नपाएर भूकम्पपीडितले घर निर्माण सुरु"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

पुनर्निर्माणमा खटिएका इन्जिनियरले काम पाएनन्

९ श्रावण २०७३, आईतवार ०१:१६

साउन ९, काठमाडौं | भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियर कामविहीन भएका छन्। समयमै अनुदान रकम नपाएर भूकम्पपीडितले घर निर्माण सुरु नगरेकाले इन्जिनियरहरू कामविहीन भएका हुन्।  

भूकम्प प्रभावित ११ जिल्लाका दुई लाख ४४ हजार ६ सय २४ पीडित परिवारसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेको छ। तीमध्ये ३४ हजार नौ सय ४८ पीडित परिवारको खातामा मात्रै पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भएको छ।

बर्खा लागेपछि रकम पाएकाले भूकम्पपीडित कसैले पनि घर निर्माण गर्न सकेका छैनन्। प्राधिकरणले भूकम्पपीडितका घर निर्माणमा सघाउने भन्दै भूकम्प प्रभावित ११ जिल्लामा एक महिनाअघि दुई हजार ६ सय इन्जिनियर परिचालन गरेको छ। आफ्नो काम नभएपछि उनीहरू गाविस कार्यालयको सहायकका रूपमा छन्।

खातामा रकम पुगेका भूकम्पपीडितले निर्माण नथालेकाले इन्जिनियरहरूले काम गर्न नपाएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनन्तबहादुर सिलवालले जानकारी दिए।

‘अनुदान सम्झौता भएर केही पीडितको खातामा रकम पनि आयो। तर, घर बनाउन थालिएको छैन,’ सिलवालले भने, ‘केन्द्रबाट इन्जिनियर आएका छन्। उनीहरू गाउँमा पुगेका पनि छन्। तर, काम गर्न पाएका छैनन्। घर बनाउने काम नै सुरु भएको छैन। यस्तो अवस्थामा उनीहरूले के काम गर्ने ?’ गोरखाका सहायक सिडिओ नेत्रबहादुर शर्माले घर बनाउन खटिएका इन्जिनियर अनुदान सम्झौतामा गाविससचिवलाई सघाएर बसेको बताए। – नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार