साउन ११, काठमाडौं | प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौं | प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधा"/>
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले राजीनामा दिएकै भोलिपल्ट प्रधानसेनापतिको यस्तो अभिव्यक्ति

२०७३, ११ श्रावण मंगलवार ०१:१२

साउन ११, काठमाडौं | प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गम्भीर अर्थ लाग्ने अभिव्यक्ति दिएका छन्। 

उनले मुलुकको पछिल्लो राजनीतिनक परिस्थितिलाई नेपाली सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा जुनसुकैखाले चुनौती सामना गर्न सेना तयारी अवस्थामा रहेको बताए। 

एक संस्थाले नेपाली सेनालाई गमला हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन्। उक्त अभिव्यक्ति दिनु एक दिनअघि आइतबार प्रधानसेनापति झन्डै एक घन्टा सेनाको परमाधिवति रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मुलुकको पछिल्लो राजनीति र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरेको स्रोतले बतायो। 

अहिले तरल राजनीतिक अवस्थामा संविधानविरोधी आन्तरिक र बाह्य शक्तिले मुलुकको सार्वभौमिकता, एकता र राष्ट्रिय सुरक्षामा औँल नठड्याऊन् भन्ने उद्देश्यले प्रधानसेनापतिको अभिव्यक्ति आएको सैनिक स्रोतले बतायो। - अन्नपूर्ण पोष्टमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने