साउन १२, काठमाडौं । माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकारमा सहभागी हुने भएसँगै सरकारको नेतृत्व कसले गर्ने भन्नेम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौं । माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकारमा सहभागी हुने भएसँगै सरकारको नेतृत्व कसले गर्ने भन्नेम"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

सरकारको नेतृत्व गर्न कांग्रेसमा तीनजनाको दौड

१२ श्रावण २०७३, बुधबार ०१:४६

साउन १२, काठमाडौं । माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकारमा सहभागी हुने भएसँगै सरकारको नेतृत्व कसले गर्ने भन्नेमा कांग्रेसमा दौडधुप सुरु भएको छ ।

गृह र उपप्रधानमन्त्रीससहित कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा तीव्र दौडधुप सुरु भएको छ । उपप्रधानमन्त्रीका लागि वरिष्ठ नेता गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले आकांक्षा देखाएका छन् ।

स्रोतका अनुसार देउवाले भने लामो समय पदमा नबसेका र तत्कालीकन कांग्रेस प्रजातान्त्रिकमा कार्यवाहक सभापतिका रुपमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठलाई नेतृत्वमा पठाउन चाहेका छन् । श्रेष्ठ तत्कालीन सात दल र माओवादीबीच भएका १२ बुँदे समझदारीका हस्ताक्षरकर्ता हुन् ।

निधिलाई भने देउवाले उपसभापति बनाउने मनस्थिति बनाएकाले पनि दुवै पद एउटा व्यक्तिलाई दिनु उपयुक्त नहुने हुँदा पार्टीभित्रै सक्रिय गराउने तयारीमा छन् । कांग्रेस विधानमा उपसभापति केन्द्रीय प्रशिक्षण विभागको संयोजक हुने भएकाले पनि प्रभावकारी मानिन्छ ।

त्यसका साथै निधि नौ महिनाअघिको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालका पालामा मन्त्री भएकाले पनि तुरुन्तै दोहोर्‍याउन नहुने पार्टीभित्रै दबाब छ ।

सिटौलाई उनको पक्षबाट एकजनालाई मन्त्री बनाएर चित्त बुझाउने देउवा रहेको स्रोतको दाबी छ ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफूभन्दा कनिष्टले सरकारको नेतृत्व गर्न नहुने भन्दै आफ्नो नेतृत्वमा जानुपर्ने अडान राख्दै आएका छन् । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार