साउन १२, काठमाडौं । माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकारमा सहभागी हुने भएसँगै सरकारको नेतृत्व कसले गर्ने भन्नेम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौं । माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकारमा सहभागी हुने भएसँगै सरकारको नेतृत्व कसले गर्ने भन्नेम"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

सरकारको नेतृत्व गर्न कांग्रेसमा तीनजनाको दौड

२०७३, १२ श्रावण बुधबार ०१:४६

साउन १२, काठमाडौं । माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकारमा सहभागी हुने भएसँगै सरकारको नेतृत्व कसले गर्ने भन्नेमा कांग्रेसमा दौडधुप सुरु भएको छ ।

गृह र उपप्रधानमन्त्रीससहित कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा तीव्र दौडधुप सुरु भएको छ । उपप्रधानमन्त्रीका लागि वरिष्ठ नेता गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले आकांक्षा देखाएका छन् ।

स्रोतका अनुसार देउवाले भने लामो समय पदमा नबसेका र तत्कालीकन कांग्रेस प्रजातान्त्रिकमा कार्यवाहक सभापतिका रुपमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठलाई नेतृत्वमा पठाउन चाहेका छन् । श्रेष्ठ तत्कालीन सात दल र माओवादीबीच भएका १२ बुँदे समझदारीका हस्ताक्षरकर्ता हुन् ।

निधिलाई भने देउवाले उपसभापति बनाउने मनस्थिति बनाएकाले पनि दुवै पद एउटा व्यक्तिलाई दिनु उपयुक्त नहुने हुँदा पार्टीभित्रै सक्रिय गराउने तयारीमा छन् । कांग्रेस विधानमा उपसभापति केन्द्रीय प्रशिक्षण विभागको संयोजक हुने भएकाले पनि प्रभावकारी मानिन्छ ।

त्यसका साथै निधि नौ महिनाअघिको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालका पालामा मन्त्री भएकाले पनि तुरुन्तै दोहोर्‍याउन नहुने पार्टीभित्रै दबाब छ ।

सिटौलाई उनको पक्षबाट एकजनालाई मन्त्री बनाएर चित्त बुझाउने देउवा रहेको स्रोतको दाबी छ ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफूभन्दा कनिष्टले सरकारको नेतृत्व गर्न नहुने भन्दै आफ्नो नेतृत्वमा जानुपर्ने अडान राख्दै आएका छन् । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने