साउन १२, काठमाडौं । निजामती सेवाका सयौं कर्मचारीले यतिखेर आकर्षक निकायमा सरुवा भएर जान ठूलो दौड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौं । निजामती सेवाका सयौं कर्मचारीले यतिखेर आकर्षक निकायमा सरुवा भएर जान ठूलो दौड"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

आकर्षक निकायमा सरुवाको माग गर्दै एक हजार निवेदन

१२ श्रावण २०७३, बुधबार ०१:४९

साउन १२, काठमाडौं । निजामती सेवाका सयौं कर्मचारीले यतिखेर आकर्षक निकायमा सरुवा भएर जान ठूलो दौडधु थालेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अन्तरमन्त्रालयस्तरको सरुवाका लागि आवेदन मागेसँगै सयौं कर्मचारी आकर्षक निकायमा जान दौडधुपमा लागेका हुन् ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश कर्मचारीलवे आकर्षक मानिएका संघीय मामिला ताथ स्थानीय विकास, अर्थ, भौतिक पूर्वाधार, गृह, श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकायमा सरुवाका लागि सामान्यमा निवेदन दिएका छन् । निवेदन दिनेमा ७० प्रतिशत राजपत्र अनंकित का र बाँकी ३० प्रतिशत अधिकृत र उपसचिवस्तरका छन् ।

हाल सामान्यले विभिन्न मन्त्रालय र निकायमा रहेका कार्यालय सहयोगीदेखि उपसचिवस्तरका कर्मचारीको सरुवा गर्ने तयारी गरेको छ ।  

निजामती सेवा एनअनुसार सामान्य प्रशासन मन्त्रालये प्रत्येक वर्षको साउन महिनामा अन्तरमन्त्रालयस्तरका कर्मचारी सरुवा गर्ने गर्छ ।

सोहीअनुसार सामान्यले गत ३ साउनमा अनलाई प्रणलीमार्फत कर्मचारीसँग सरुवाका लागि निवेदन आहृवान गरेको थियो ।

सामान्य प्रशासन मन्त्रालयकी प्रवक्ता नीता पोखरेल अर्यालले मंगलबारसम्म एक हजारभन्दा बढी कर्मचारीले सरुवा माग गर्दै निवेदन दिएको जानकारी दिइन् ।

मन्त्रालयका अनुसार निवेदन दिएकामध्ये ९० प्रतिशतले अर्थमन्त्रालय मातहतका निकायमा सरुवा मागेका छन् । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार