साउन १३, काठमाडौं | विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । दुई साता यता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ। 

सुरक्षा चुनौती मूल्यांकन गरी क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं | विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । दुई साता यता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ। 

सुरक्षा चुनौती मूल्यांकन गरी क"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको विमानस्थलमा पनि कमान्डो फोर्स

२०७३, १३ श्रावण बिहीबार ००:५९

साउन १३, काठमाडौं | विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । दुई साता यता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ। 

सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो। विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले बताए।

गृह मन्त्रालयबाटै निर्णय गरेर विमानस्थलमा कमान्डो तालिम गरेका प्रहरीलाई खटाइएको हो। एसएलआर हतियार बोक्ने कार्यदलका प्रहरीलाई दुई किसिमको जिम्मेवारी दिइएको हो।

एक टोलीले गोल्डेनगेटदेखि विमानस्थलको भित्री भागसम्म नियमित पेट्रोलिङ गरेको छ। अर्काे टोली उडान समयमा प्रस्थान र आगमन कक्षको वरिपरि स्ट्यान्डबाई डिउटीमा खटिन्छन्। विमानस्थल प्रहरी दैनिक काममा बढी व्यस्त हुने भएकाले सुरक्षामा केन्द्रित हुन कार्यदलको प्लाटुन खटाइएको डिआइजी निरौलाले बताए।

टर्कीको इस्तानबुलस्थित एयरपोर्ट र बंगलादेशमा आतंकवादी हमलापछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको हो। खासगरी विश्वमा नै आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट (आइएस)ले नेपाली भूमिलाई प्रयोग गर्न सक्ने सूचनाका आधारमा विमानस्थलको सुरक्षामा कडाइ गरिएको हो। 

आतंकवादी समूहले नेपाललाई निशाना नबनाए पनि नेपालमा रहेका विदेशीलाई निशाना बनाउन सक्ने सुरक्षा विश्लेषणका आधारमा सतर्कता बढाइएको हो।  -  नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश