साउन २४, काठमाडौं–कांग्रेसको भातृ संस्था नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरुबीच नै आरोप/प्रत्यारोप सुरु भएको छ ।

महाधिवेशनमा भाग लिने प्रतिनिहिरुको बिषयलाई लिएर पार्टीको संस्थापन पक्ष, बरिष्ठ नेता रामचन्द्र पौडे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौं–कांग्रेसको भातृ संस्था नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरुबीच नै आरोप/प्रत्यारोप सुरु भएको छ ।

महाधिवेशनमा भाग लिने प्रतिनिहिरुको बिषयलाई लिएर पार्टीको संस्थापन पक्ष, बरिष्ठ नेता रामचन्द्र पौडे"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसंघ महाधिवेशनमै कांग्रेस शीर्ष नेताहरुबीच आरोप-प्रत्यारोप

२४ श्रावण २०७३, सोमबार ०१:३९

साउन २४, काठमाडौं–कांग्रेसको भातृ संस्था नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरुबीच नै आरोप/प्रत्यारोप सुरु भएको छ ।

महाधिवेशनमा भाग लिने प्रतिनिहिरुको बिषयलाई लिएर पार्टीको संस्थापन पक्ष, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच यस्तो आरोप प्रत्यारोप भएको हो । भृकुटीमण्डपमा आइतबार सुरु भएको संघको एघारौं महाधिवेशनमको उद्घाटन समारोहमै शीर्षस्थ नेताहरुबीच नै आरोप प्रत्यारोप चलेपछि सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र सुरु हुनेमै आशंका उब्जिएको छ।

महाधिवेशनबाट ६४ जिल्लाको प्रतिनिधि छनोट भएपनि ११ जिल्लामा भागबण्डामा आधारमा मिलाउने प्रयास भएको छ । बन्द सत्रको अघिल्लो दिनसम्म पनि प्रतिनिधि विवाद मिल्न सकेको छैन । सिटौला पक्षले भने ६४ जिल्ला मध्ये अधिकांशमानै संस्थापन र पौडेल पक्षबीच भागबण्डाका आधारमा प्रतिनिधि बाँडिएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । सिटौला पक्षीय विद्यार्थी समूह यहि बिषयलाई लिएर आमरण अनसनमा छन् ।

महाधिवशेनको उद्घाटन कार्यक्रम सुचारु हुँदा समेत नेतृत्वले आमरण अनशनमा बसेका विद्यार्थीको आवाजलाई नसुनेको आरोप सिटौला पक्षको छ । साता अघिदेखि आमरण अनशनमा रहेका विद्यार्थीको अवस्था गम्भीर भएपछि शनिवार बिहानदेखि उनीहरुलार्इ अस्पताल भर्ना गरिएको छ ।

पौडेल पक्षले ६४ जिल्लामा विधिसम्मत् रुपमा अधिवेशन सम्पन्न भएको र त्यसलाई ‘उधिनेर’ प्रतिनिधि परिवर्तन गर्न खोजिएको भन्दै आक्रोशित भएको छ । ११ जिल्लामा अधिवेशन नगरेर आफू अनुकल प्रतिनिधि छनोट गर्न थालिएको आशंका समेत गरेका छन् । पार्टीका शीर्षस्थ नेताहरुबीचनै यस्तो आरोप/प्रत्यारोप चलेपछि बन्द सत्र हुने र निर्वाचनबाटै नेतृत्व छनोट हुनेमा आशंका उव्जेको छ । नेविसंघमा अहिले सम्म बनेका १७ अध्यक्षमा १० वटा मात्रै निर्वाचनबाट चुनिएका छन् ।

यसपटक पनि पार्टी नेतृत्वको हस्तक्षेपबाटै निर्वाचन हुन नसक्ने आशंका उद्घाटन सत्रमा अधिकांश नेताहरुले उठाएपछि कांग्रेस सभापति शेरवहादुर देउवाले आफूले कुनै हस्तक्षेप नगर्ने प्रष्टीकरण दिएका छन् । देउवाले चुनाव गराएरै महाधिवशेन सफल पार्न आह्वान समेत गरे। ‘गिभ एण्ड टेकको आधारमा विवादहरु मिलाउने काम गरौं र महाधिवशेन सफल पारौं’ देउवाले भने, ‘महाधिवेशनमा मेरो कुनै हस्तक्षेप हुने छैन । मैले मन नपराएकोले चुनाव जितेपनि मेरै सभापति हुन्छ र उसलाई पहिल्यै म फुलको माला लगाएर स्वागत गर्नेछु । जसले नेविसंघलाई मिलाएर अघि बढ्न सक्छ, त्यहिँ नेता हुन्छ ।’ – कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार