१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललिता निवास प्रकरणः तीन जनाबाहेक सबै फरार!

२३ पुष २०७८, शुक्रबार ०२:४७

पुस २३, काठमाडौँ | बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई वर्षको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सीआईबीले सो प्रकरणको विषयमा ३ सय बढी व्यक्तिलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो भने बिहीबार बुझाएको प्रतिवेदनमा पनि उनीहरूलाई नै प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सीआईबीले उनीहरूविरुद्ध सरकारी कागज किर्ते गरेको कसुरमा अनुसन्धान गर्दै मुद्दा लगेको हो ।

सीआईबीले भने हालसम्म प्रतिवादी बनाइएका तीन जनालाई मात्रै पक्राउ गरेको छ । पक्राउ पर्नेमा शोभाकान्त ढकाल, रामकुमार सुवेदी र उनकी पत्नी माधवी छन् । उच्च स्रोतका अनुसार सीआईबीले अन्य सबै प्रतिवादीलाई फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गरेको हो ।

सीआईबीले विभिन्न फरकफरक समयमा गरी चार पटक कागजात किर्ते गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको निष्कर्षका साथ चारवटा अनुसन्धान प्रतिवेदन बुझाएको हो । २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएको पाइएको सीआईबीको दाबी छ ।

सीआईबीले चार जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा टोली बनाएर सो प्रकरण’दयगत अनुसन्धान गरेको थियो । ललिता निवास प्रकरणमा अख्तियारले तीन पूर्वमन्त्रीलाई मुद्दा चलाए पनि सीआईबीले भने उनीहरूलाई जोगाउँदै आइरहेको छ । 

-यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै