भदौ ९, काठमाडौं | प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण बढ्ने अपेक्षासहित एसएलसीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौं | प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण बढ्ने अपेक्षासहित एसएलसीम"/>
२४ चैत्र २०८१, आईतवार
काठमाडौँ - KTM

सबैभन्दा कमजोरलाई शिक्षक बनाइँदै

९ भाद्र २०७३, बिहीबार ०१:२९

भदौ ९, काठमाडौं | प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण बढ्ने अपेक्षासहित एसएलसीमा लेटरग्रेडिङ प्रणाली लागू गरिए पनि परिणाम उल्टो आएको छ।

कमजोर ग्रेडिङ भए पनि कक्षा ११ मा भर्ना पाएका विद्यार्थीले शिक्षाशास्त्रतर्फ भीड बढाएका थिए। अघिल्ला वर्षहरूमा शिक्षाशास्त्रमा जेनतेन एउटा कक्षा चलाउने शैक्षिक संस्थाहरूले अहिले धमाधम सेक्सन थपेका छन्।

त्यति मात्र होइन, अघिल्ला वर्ष शिक्षाशास्त्रको कार्यक्रम सञ्चालन नगरेकाले पनि यसपालि सुरु गरेका छन्। यसअघिका वर्षहरूमा देशभरमा शिक्षाशास्त्र पढ्ने विद्यार्थीको संख्या धेरै भए पनि उपत्यकामा विद्यार्थी नपाएपछि शिक्षा र मानविकी पढाउने संस्था घट्दै गएका थिए | 

एकदमै कमजोर नतिजा भएकाहरूले समेत प्रवेश पाएपछि उपत्यकाका समेत शिक्षाशास्त्रमा भीड बढेको हो। ०७२ को एसएलसी परीक्षामा लेटरग्रेडिङ प्रणालीमा पहिलोपटक नतिजा निकालेको छ।

कक्षा ११ मा भर्ना गर्ने आधार तय गर्दा पनि सबैभन्दा कमजोरले शिक्षाशास्त्र पढ्न सक्ने गरी बाटो खुला गरेको छ। उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डका कारण डी प्लस पनि नचाहिने मानविकीका विषयहरू पपुलेसन, सोसल, आरडीजस्ता विषयमा विद्यार्थी भर्ना हुने भएका छन्।

गान्धी आदर्श माविमा अघिल्लो वर्ष एजुकेसन स्ट्रिममा कक्षा ११ मा २७ जना भर्ना भएकामा यो वर्ष सयभन्दा बढी पुगेका छन्। ‘पहिले एजुकेसनको एउटा सेक्सन हुन्थ्यो, अहिले दुईवटा सेक्सन भएको छ, विद्यार्थी बढिरहेका छन, सेक्सन थप्नुपर्ने अवस्था छ,’ माविका प्राचार्य गणेश चन्द भन्छन्।

नेपालमा सबैभन्दा कमजोरले शिक्षाशास्त्र पढ्ने गरेका छन्। शिक्षा मन्त्रालयले नै सबैभन्दा कमजोरलाई शिक्षाशास्त्र पढ्ने बाटो देखाएको हो। तर, शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले सक्षम विद्यार्थी मात्र शिक्षक बन्ने तर्क गरे। ‘सक्षम व्यक्ति शिक्षक बन्नुपर्छ,’ लम्सालले भने, ‘कमजोरले शिक्षाशास्त्र पढ्न पाए पनि शिक्षक छनोटका लागि हुने परीक्षामा मेरिटमा अगाडि आउनेहरू मात्र शिक्षक हुन पाउँछन्। पढेका सबै शिक्षक हुँदैनन्।’ – नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो