पल शाह लाई चलचित्र २ नम्बरी बाट हटाइयो

Posted on: 10 Mar, 2022

फागुन २६, काठमाडौँ । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका छन् । यस फिल्मका निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको ठाउँमा अर्को कलाकार लिएर काम गर्ने तयारी भएको बताएक छन् ।

निर्देशक लामाले भने ‘ पल हिरासतमा  भएपछि उनको ठाउँमा हामीले अर्को कलाकार लिएर काम गर्नैपर्छ।अहिलेसम्म पललाई हटाइएको छैन । अर्को कलाकार फाइनल भएपछि उनी हट्नेछन् । हामी फिल्म कहिलेबाट छायाङ्कन जाने भनेर छलफल गरिरहेका छौ । फिल्मको छायाङ्कन छिट्टै सुरु भयो भने पल शाह हट्नेछन्। ’

त्यस्तै फिल्मका अर्का कलाकार जयनन्द लामाको निधन भएको छ । उनको ठाउँमा पनि अर्को कलाकार रहनेछन् ।

पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्मको छायाङ्कन बल्ल अहिले सुरु हुन लागेको हो । फिल्मको १ चैत्रबाट छायाङ्कन सुरु हुने निर्माता किरण नेपालीले बताए । काठमाडौंबाट सुरु भएको फिल्मको छायाङ्कन पोखरामा पुगेर रोकिएको थियो । अहिले फिल्मको छायाङ्कन लोकेसन पनि फेरिने बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!