भदौ १७, काठमाडौँ | मधेसी, जनजाति, खसआर्य क्लस्टर राख्ने कि नराख्ने, संगठनको स्वरूप कस्तो हुने भन्ने विषयमा मतभेद हुँदा नयाँ शक्तिको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | मधेसी, जनजाति, खसआर्य क्लस्टर राख्ने कि नराख्ने, संगठनको स्वरूप कस्तो हुने भन्ने विषयमा मतभेद हुँदा नयाँ शक्तिको "/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

बाबुरामको नयाँ शक्तिमा देखियो दुई धार, पूर्वमाओवादी र गैरमाओवादीबीच कुरा मिल्दैन

२०७३, १७ भाद्र शुक्रबार ०१:२८

भदौ १७, काठमाडौँ | मधेसी, जनजाति, खसआर्य क्लस्टर राख्ने कि नराख्ने, संगठनको स्वरूप कस्तो हुने भन्ने विषयमा मतभेद हुँदा नयाँ शक्तिको पछिल्ला बैठक प्रभावित भएका छन् । 

‘माओवादी पृष्ठभूमिबाट आएकाहरू पुरानै किसिमको संगठन संरचना चाहन्छन्, हामी प्रत्यक्ष लोकतन्त्रको अभ्यासबाट अघि बढ्ने बहसमा छौं,’ पार्टीका एक उच्च नेताले भने, ‘अहिले हाम्रो उहाँहरूसँग अन्तर्संघर्ष छ, पार्टीहरूका बीचमा अर्को एउटा पार्टी बनाएर अस्तित्वमात्रै देखाउने कि साँच्चैको वैकल्पिक पार्टी बनाउने ?’

युद्धकालीन माओवादीमा काम गरेर आउनेहरू भने पार्टी प्रवेशी पछिल्ला अनुहारहरूमा राजनीतिक चरित्र देखिन नसकेको भन्दै संयोजक बाबुराम भट्टराईसँग गुनासो गरिरहेका छन् । फिल्डमा दौडने बेला आफूहरू अघि सर्ने गरे पनि प्रचार बटुल्ने बेला उनीहरू छाउने गरेको पूर्वमाओवादीहरूको बुझाइ छ । 

एक साताअघि बबरमहलस्थित पार्टी मुख्यालयमा बसेको राजनीतिक समिति बैठकमा त्यसैको प्रतिबिम्ब देखियो । पार्टीका केही महत्त्वपूर्ण पद र विभागमा पदाधिकारी, सदस्य थप्न नेतृत्वले प्रयास गरे पनि को वरिष्ठ भन्ने खिचातानी सम्हाल्न नसक्दा समिति बैठक निष्कर्षमा पुग्न सकेन । 

त्यसपछि नयाँ शक्ति भनी मिडियामा छाउनेमा पूर्वकर्मचारी, सेलिब्रिटी, पत्रकार, उद्योगी, एनजीओकर्मी रहे पनि पार्टी संगठन निर्माणमा दौडनेमा उनै पूर्वमाओवादी बढी थिए । जेठमा पार्टी घोषणा सभादेखि छलफलसत्रसम्म तिनै नयाँ अनुहार हावी हुन पुगेको गुनासोमा माओवादी पृष्ठभूमिबाट आएकाहरू छन् । पूर्वमाओवादी र गैरमाओवादी भनी दुई तप्का बन्दै गएकोमा भट्टराईले अब बन्ने पार्टी बिलकुलै नयाँ चरित्रको बन्ने भएकाले आफ्नो पुरानो समूह अनुकूल भएन भनी नसोच्न भन्दै कार्यकर्ता थुमथुम्याउने गरेका छन् । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने