भदौ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका वास्तविक भूकम्पपीडितको नाम थपिने र सहयोग उपलब्ध गराउने सबै भूकम्पपीडितलाई एक लाख रुपियाँ थप गरी तीन लाख रुपियाँ अनुदान दिइने बताएका छन् ।

प्रधानमन्त्रीले भूकम्पपीडितलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका वास्तविक भूकम्पपीडितको नाम थपिने र सहयोग उपलब्ध गराउने सबै भूकम्पपीडितलाई एक लाख रुपियाँ थप गरी तीन लाख रुपियाँ अनुदान दिइने बताएका छन् ।

प्रधानमन्त्रीले भूकम्पपीडितलाई"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पपीडितलाई ‘तत्काल’ ३ लाख अनुदान, २ लाख ऋण

२१ भाद्र २०७३, मंगलवार ०१:४६

भदौ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका वास्तविक भूकम्पपीडितको नाम थपिने र सहयोग उपलब्ध गराउने सबै भूकम्पपीडितलाई एक लाख रुपियाँ थप गरी तीन लाख रुपियाँ अनुदान दिइने बताएका छन् ।

प्रधानमन्त्रीले भूकम्पपीडितलाई तीन लाख अनुदान र दुई लाख रुपियाँ सहुलियत ऋण गरी पाँच लाख रुपियाँ दिइने पनि स्पष्ट पारेका छन् ।

सिन्धुपाल्चोकबाट आएका चार राजनीतिक दलका सांसदले बुझाएको सातबुँदे ज्ञापनपत्र बुझ्दै आइतबार प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् । सिन्धुपाल्चोकका सभासद् नेकपा एमालेका अमृत बोहरा, नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा, नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेशकुमार लामा संलग्न थिए ।

प्रधानमन्त्रीले भूकम्पपीडितको छुट भएकाको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको र वास्तविक भूकम्पपीडितको नाम थपिने बताउनुभएको थियो ।

भेटमा सहभागी नेताका अनुसार प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई तत्काल एक लाख रुपियाँ थपेर तीन लाख रुपियाँ अनुदान दिइने र दुई लाख सहुलियत ऋण गरी पाँच लाख उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको जानकारी गराए । उनले भूकम्पपीडितलाई थप एक लाख रुपियाँ प्रदान गर्ने विषयमा छिट्टै निर्णय गरिने विश्वास पनि व्यक्त गरेका छन् ।

भेटमा प्रधानमन्त्रीले जुरेको पहिरोदेखि नै पीडितलाई राहत र अनुदानका लागि सिन्धुपाल्चोकमा पटक–पटक गएको स्मरण पनि गरे । प्रधानमन्त्रीले सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रूपमा सरकार लागिरहेको बताउनुभयो । प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको जानकारी दिए ।गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव