२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पदमुक्त मन्त्री विमला वलीको अर्को ट्वीस्टः मैले राजीनामा नदिई कसरी स्वीकृत भयो ?

१६ असार २०७९, बिहीबार ०५:५९

असार १६, काठमाडौं | लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीले स्वीकृत गरेको प्रदेशसभामा जानकारी गराएपनि उनी आफैले राजीनामा नदिएको बताएकी छन् ।


जेठ ३१ गते उनका प्रेमी भनिएका दाङका एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमति तथा छोरीलाई कुटपिट तथा घरमा तोडफोडको आरोप लागेकी राज्यमन्त्री वलीले १२ गते राजीनामा दिएको र बुधबार स्वीकृत गरिएको मुख्यमन्त्री केसीले सदनमा जानकारी दिएका थिए । तर वली आफैले राजीनामा नदिएको दावी गरेकी छन् । 

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, उहाँको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेर सदनलाई जानकारी गराइसक्नुभयो अब उहाँले के बोल्नुहुन्छ भन्ने विषयमा हामीले जान्ने कुरा भएन– माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले नेपाल प्रेससँग भने– कसले के भन्यो र कसको लहैलहैमा लाग्नुभयो अचम्मै छ। घर्तीको आश्चर्यले पनि वलीले उठाएको प्रसंग बाझिएको प्रष्ट हुन्छ ।

विमलाले बुधबार नै आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी थिइन्। उनको राजीनामा नदिएको भनाइ र सरकारले स्वीकृत गरेको विषयले उनलाई थप विवादमा तानेको छ ।

यसअघि पनि उनका धेरै निर्णय यसैगरी विवादमा आएका थिए । नेकपाबाट प्रदेश सांसद बनेकी उनी त्यसपछि माओवादी र एमाले रोज्ने विषयमा यसैगरी विवादित बनेकी थिइन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई बहुमत पुराउने सख्यामा उनको भूमिका थप विवादित बनेको थियो । गत साउन १५ गते अपहरणमा परेके भनिएकी उनी दाङस्थित घरमा भेटिएकी थिइन् ।

त्यसलगत्तै एमाले प्रवेश गरेको विज्ञप्ती आयो भने त्यसको दुई दिनपछि आफू अपहरणमा परेर तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको निवासबाट भागेर बाहिरिएको र आफू माओवादीमै रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएर चर्चामा आएकी थिइन् । यद्यपि उनको त्यो अपहरण काण्डको कुनै मुद्दामामिला अगाडि बढेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान