१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० रुपैयाँको मुद्दामा २२ वर्षपछि फैसला : ब्याससहित भुक्तानी गर्न आदेश

२७ श्रावण २०७९, शुक्रबार ०७:३१

साउन २७, काठमाडौं | भारतको एकजना पुरुषले झण्डै बाइस वर्षपछि रेलवे टिकटको पैसा बढी तिर्नुपरेकाे मुद्दा जितेका छन् । 

पेशाले वकिल तुंगनाथ चतुर्वेदीले सन् १९९९ मा किनेका दुईवटा रेलवे टिकटको मूल्य साबिकको भन्दा २० रुपैयाँ बढी तिरेका थिए । 


यो घटना उत्तर भारतीय राज्य उत्तर प्रदेशको मथुरा क्यान्टोन्मेन्ट रेलवे स्टेसनमा घटेको थियो । 

गत साता उपभोक्ता अदालतले चुतुर्वेदीको पक्षमा निर्णय गर्दै रेलवेजलाई ब्याजसहित उनको पैसा फिर्ता दिन आदेश दिएको थियो । 

६६ वर्षीय चतुर्वेदीले बीबीसीसँग भनेका छन्, “यस मुद्दाको सिलसिलामा मैले एक सयवटा भन्दा बढी सुनुवाईमा भाग लिएको छु । यस मुद्दा लड्नका लागि मैले खर्चेको समय र उर्जाको मूल्य तपाईंले तोक्न सक्नुहुन्न ।” 

भारतमा उपभोक्ता अदालतले विशेषगरी सेवासँग सम्बन्धित उजुरीलाई हेर्ने गर्छ । तर, तिनीहरूसामु मुद्दाहरूको ठूलो बोझ हुने भएकाले कहिलेकाहीँ तिनीहरूलाई सानातिना मुद्दा सुल्झाउन पनि वर्षौँ लाग्ने गरेको छ । 

उत्तर प्रदेशमा बस्ने गरेका चतुर्वेदीलाई मथुराबाट मोरादावाद जाने क्रममा टिकट बुकिङ क्लर्कले उनले किनेका दुईवटा टिकटमा बढी पैसा लिएका थिए । त्यतिबेला एउटा टिकटको मूल्य ३५ भारु पर्थ्यो । 

उनले दुईवटा टिकटका लागि एक सय रुपैयाँ दिए । तर, उनलाई १० रुपैयाँ मात्र फिर्ता दिइएको थियो । उनले क्लर्कले बढी पैसा लिएको भन्दै गुनासो गरेपनि बढी गएको पैसा भने फिर्ता पाउन सकेका थिएनन् । 

त्यसैले उनले नर्थ इस्ट रेलवे (गोरखपुर) र बुकिङ क्लर्कविरुद्ध मथुरास्थित उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए । 

अदालतले अन्ततः रेलवेजलाई जरिबानाबापत उनलाई १५ हजार रुपैयाँ तिर्न आदेश दिएको हो । 

साथै अदालतले उनलाई उनको २० रुपैयाँमा १९९९ देखि २०२२ सम्मको १२ प्रतिशत बराबरको ब्याज थपेर भुक्तानी दिन पनि आदेश दिएको छ । 

तोकिएको ३० दिनभित्र रकम भुक्तानी नभए ब्याजदर १५ प्रतिशत पुर्‍याइने निर्णय पनि अदालतले गरेको छ ।  बीबीसीबाट । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण