२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको दाँत भाँचियो, डाक्टर भन्छन्- अनावश्यक ‘इस्यू’ बनाइयो

२०७९, ५ भाद्र आईतवार ०८:०९

भदौ ५, काठमाडौं | वीर अस्पतालमा पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न गएकी एक जना महिलाको तीनवटा दाँत भाचिएको विषय सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गरेका छन् ।


आफन्तहरुले चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् । तर, अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत चिकित्सकले नै लापरवाही नगरेको र अप्रेशन गर्दा आइपर्ने जोखिम कम गर्न खोज्दा यस्तो घटना भएको बताउँछन् ।

पित्तथैलीमा परेको पत्थरी शल्यक्रिया गरेर निकालिसकेको र अब दाँतको पनि उपचार गरिदिने वीर अस्पताल प्रशासनले जनाएको छ ।

भएको के हो ?

नुवाकोटकी ५० वर्षीया राधिका ओझा गत ३० साउनमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न वीर अस्पतालमा भर्ना भएकी थिइन् ।

चिकित्सकको टोलीले ३१ गते शल्यक्रिया गर्न उनलाई शल्यक्रिया कक्षमा छिराएको थियो । तर, शल्यक्रिया गरेर फर्किंदा ओझाका अघिल्लो पंक्तिका तीनवटा दाँत थिएनन् ।

‘पित्तथैलीको अप्रेसन गर्दा बेहोस बनाउने क्रममा इन्टुबेसन (मुखबाट श्वासनलीमा पाइप राखी भेन्टिलेटरबाट कृत्रिम सास फेराउने प्रक्रिया) गर्नुपर्ने हुन्छ,’ डा. बस्नेतले अनलाइखबरसँग भने, ‘त्यसका लागि घाँटीबाट पाइप हाल्नुपर्छ । बिरामीको घाँटीको बनावट असहज भएकाले पाइप हाल्ने क्रममा यस्तो घटना भएको हो ।’

डा. बस्नेतले यो घटनालाई ‘डिफिकल्टी इन्टुबेसन’ भएको बताए । ‘इन्टुबेसन’ गर्नका लागि ‘ल्यारिङोस्कोपी’ गर्नुपर्ने हुन्छ । त्यो छिराउने क्रममा दाँत खुस्किएको रहेछ,’ डा. बस्नेतले थपे ।

‘कहिलेकाहीँ शल्यक्रिया गर्नुपर्ने अन्य बिरामीलाई पनि थप जटिलताबाट जोगाउन खोज्दा यस्ता दुर्घटना हुन्छन् । ल्यारिङोस्कोपी नगरेको भए बिरामीको ज्यान जान सक्थो’ डा. बस्नेतले भने, ‘जुनसुकै काम गर्दा जटिलता आउने अवस्था हुन्छ । यसलाई ठूलो इस्यू बनाएर सर्वसाधारणमा भ्रम छर्ने काम भयो ।’

वीर अस्पताललाई बदनाम गर्न र बिरामीलाई निजीमा लैजान पल्केका केही मान्छेले यो सामान्य घटनालाई अनावश्यक उचालेको डा. बस्नेतको भनाइ छ । ‘बिरामीको ज्यान त गएको छैन नि । अप्रेशन बिगि्रएको छैन नि ?’ डा. बस्नेत प्रश्न गर्छन्, ‘तर, वीरलाई बदनाम गर्न बिरामी पक्षलाई उल्चाने काम भयो ।’

यस विषयमा आइतबार उपचारमा संलग्न चिकित्सकसँग थप छलफल गर्ने डा. बस्नेतले बताए । बिरामीको पत्थरी झिकिसकिएको र अब दाँतको पनि उपचार गरिदिने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै