भदौ २७, काठमाडौं | सभामुख ओनसरी घर्तीले संसद बैठकमा लामो समय अनुपस्थित रहँदै आएका सांसदहरूलाई पदमुक्त गर्ने चेतावनी दिएकी छन् । विधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, काठमाडौं | सभामुख ओनसरी घर्तीले संसद बैठकमा लामो समय अनुपस्थित रहँदै आएका सांसदहरूलाई पदमुक्त गर्ने चेतावनी दिएकी छन् । विधि"/>
२५ मंसिर २०८२, बुधबार
काठमाडौँ - KTM

होस गर्नुहोस् है, सांसद पद नै गुम्ला !

२७ भाद्र २०७३, सोमबार ०२:१०

भदौ २७, काठमाडौं | सभामुख ओनसरी घर्तीले संसद बैठकमा लामो समय अनुपस्थित रहँदै आएका सांसदहरूलाई पदमुक्त गर्ने चेतावनी दिएकी छन् । विधि निर्माणमा जिम्मेवार बन्नुपर्ने सांसदहरू नै सदनमा गयल र अनुपस्थित हुँदा महत्त्वपूर्ण निर्णय रोकिएको पर्सिपल्ट आइतबारको बैठकमा सभामुख घर्तीले त्यस्तो चेतावनी दिएकी हुन् । सांसदहरू हाजिर गरी गोष्ठीमा गएका कारण संसदको शुक्रबारको बैठकमा कोरम नपुगेर उच्च अदालत गठनसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्न सकेको थिएन ।

उनको चेतावनीले सदनमा हाजिरमात्रै गरेर गैरसरकारी संस्थाको कार्यक्रममा हूल बाँधेर जाने संसदलाई भने छेक्ने छैन । सांसदको न्यून उपस्थितिका कारण सदनको कामकारबाही नै प्रभावित भएको उल्लेख गर्दै सभामुख घर्तीले आइतबार संविधानको धारा ८९ तर्फ सांसद र संसदीय दलहरूको ध्यानाकर्षण गराएकी छन् । संविधानको धारा ८९ (घ) मा सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा सांसदको पद रिक्त हुने प्रावधान छ ।

सदनमा लगातार अनुपस्थित हुनेको विवरण भने भने संसद सचिवालयले नै अद्यावधिक गरेको छैन । ‘सांसदहरूले बैठक अघि गरेको हाजिर सुरक्षित छ,’ सचिवालयका एक अधिकारीले भने, ‘यसअघि आवश्यक नपरेको कारण को कति दिन गयल छन् भन्ने हेरिएको छैन ।’ सदनमा रुलिङ गरेपछि त्यस्तो विवरण अद्यावधि गर्न सचिवालयका वरिष्ठ अधिकारीहरूले सम्बन्धित शाखालाई निर्देशन भने दिएका छैनन् । ‘निर्देशन प्राप्त छैन,’ सांसद सुविधा शाखासम्बद्ध एक अधिकारीले भने, ‘लगातार अनुपस्थित हुने सांसदलाई साँच्चै कारबाही गर्न खोजेको भए विवरणको अभाव हुँदैन ।’ संवैधानिक व्यवस्थाअनुसार लगातार दस बैठकमा अनुपस्थित सांसदको सूची तयार गरी सभामुखले त्यस्ता सांसदको पद रिक्त भएको घोषणा गर्न सक्छिन् ।

सचिवालयले हिसाब नगरे पनि केही सांसदको पहिचान नै संसदमा नआउनेमा छ । एमालेबाट मनोनीत सांसद राज्यलक्ष्मी गोल्छाले प्रधानमन्त्री निर्वाचनमा समेत अनुपस्थित रहेर चर्चा कमाएकी छन् । प्रदिप गिरि, शिला खड्कालगायत कांग्रेस सांसदहरू पनि विरलै मात्रै सदनमा देखा पर्छन् ।

सांसदहरूको एक समूह नै गैरसरकारी संस्थाको कार्यक्रममा हिँडेका कारण सदनमा गणपूरक संख्या नै अपुग भएपछि सभामुख घर्तीले सदनमा उपस्थितिका लागि ध्यानाकर्षण गराएकी हुन् । सभामुखले सदनमा ‘कोट’गरेको संविधानको धारा ८९ ले हाजिर मात्रै गरेर बाहिरिने सांसदलाई भने कानुनी कारबाहीको दायरामा ल्याउन सक्दैन । ‘संविधानले सम्बन्धित सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा पदमुक्त हुने प्रावधान छ,’ संसद सचिवालयका एक अधिकारीले भने, ‘यसले हाजिर मात्रै गरेर टाप कस्ने सांसदलाई छुटदैन । नियमावलीमा छुट्टै व्यवस्था नभए पनि हाजिर गरेपछि पूरा समय बस्नु सांसदको नैतिक विषय हो ।’ संसदको नियमावलीको परिच्छेद ८ मा बैठकमा सुव्यवस्थासम्बन्धी व्यवस्था भए पनि संविधानको धारा ८९ (घ) को कार्यान्वयनसम्बन्धी विस्तृत व्यवस्था छैन ।

संसदीय अभ्यासमा विधि निर्माणको जिम्मेवारी पाएका सांसदले सदन र समितिका सबै बैठकमा पुरै समय दिनुपर्छ भन्ने छैन । तर सम्बन्धित दलले जारी गरेको हवीपको पालना गर्नु, महत्त्वपूर्ण र निर्णायक बैठकमा उपस्थित हुन उनीहरूको नैतिक विषय मात्र नभई दलीय अनुशासनको पनि विषय हो । उच्च अदालत गठनका लागि अत्यावश्यक तीन विधेयक पारित गर्ने कार्यसूचीमा बसेको बैठकमा सत्तापक्षका सांसदहरूले दलको हवीपसमेत उल्लंघन गरेका थिए । 

-आजको कान्तिपुरमा खबर छापिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो