२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

घर पछाडि संरचना बनाउन खन्न सुरु गर्दा भेटियो सर्वाधिक ठूलो डाइनासोरको अवशेष

२०७९, १६ भाद्र बिहीबार ०६:४५

एजेन्सी | पोर्चुगलको पोम्बल शहरमा बस्ने एक व्यक्तिलाई आफ्नो घर पछाडि केही संरचना बनाउन मन लाग्यो । उनले जग बनाउनका लागि खन्न सुरु गरे । खन्दै गर्दा उनले अचम्मका र निकै ठूल्ठूला हड्डी देखे । उनी हैरान भए । उनले तत्काल लिस्बन युनिभर्सिटीका वैज्ञानिकलाई त्यसको फोटो पठाएर जानकारी दिए । विश्वविद्यालयका पुरातत्वविद् उक्त स्थानमा पुगे र तत्काल उत्खनन कार्य सुरु गरे ।


यस महिनाको सुरुवातमा स्पेन र पोर्चुगलका प्यालियोन्टोलोजिस्टले उत्खनन काम पूरा गरे । काम पूरा हुनेबित्तिकै उनीहरु चकित परे किनभने जुन अवशेष भेटिएको छ त्यो ८२ फिट लामो छ । यो त्यो डाइनासोरको कंकाल हो जुन १४.५ करोड वर्ष अघि धर्तीमा भएको अनुमान गरिन्छ । अर्थात् युरोपमा हालसम्म भेटिएको विश्वको सबैभन्दा ठूलो डाइनासोर । यसअघि कुनै पनि युरोपेली देशमा यति ठूलो डाइनासोरको अवेशष भेटिएको थिएन ।


पुरातत्वविद्ले अनुसन्धानपछि यो सारोपड प्रजातिको डाइनासोरको कंकाल भएको बताएका छन् । यो चार खुट्टा भएका डाइनासोर शाकाहारी थिए । यिनीहरुले बोट बुट्यान खाने गर्दथे । यसको गर्धन लामो हुन्थे । वास्तवमा यो उत्खनन कार्य पाँच वर्षअघि सुरु भएको थियो । तर बीचमा कोभिडका कारण यो काम रोकिएको थियो ।


वैज्ञानिकले दिएको जानकारी अनुसार यहाँ जुन डाइनासोरको कुरा भइरहेको छ, ती १० करोड वर्षदेखि १६ करोड वर्षसम्म धर्तीमा घुम्ने गर्दथे । यो त्यहि समय थियो जब उत्तरी अमेरिकामा ब्राचियोसरस अल्टिथोरेक्स र अफ्रिकामा जिराफटिट्यान ब्रान्काई घुम्ने गर्दथे । त्यतिबेला पोर्चुगलको पश्चिमी इलाकामा लुसोटिटेन अटलेन्सिस पनि थिए ।


जुन अवशेष भेटियो त्यसको अनुसन्धान गरेपछि वैज्ञानिकले डाइनासोरको उचाई १२ मिटर र लम्बाई २५ मिटर भएको जानकारी दिएका छन् । लिस्बन युनिभर्सिटीमा पोस्टडक्टरल रिसर्चर एलिसाबेटे मालाफियाले यसलाई एउटा निकै ठूलो विचित्र खोज बताएकी छिन् । उनले भनिन्, ‘यो कंकाल जुन अवस्थामा भेटिएको छ, त्यसमार्फत् हामी उक्त डाइनासोरको थ्रीडी बडी स्ट्रक्चर बनाउन सक्छौँ । उसको शरीरको आन्तरिक हिस्साको नक्सा तयार पार्न सक्छौँ ।


एलिसाबेटेले यो जिवाश्मलाई लिस्बन युनिभर्सिटी लगिनेसमेतजानकारी दिइन् । उनले भनिन्, ‘यसलाई सुरक्षित तरिकाले राख्न, यसबारे अन्य विभिन्न खालका अध्ययन गर्नका लागि हामीले यसलाई लिस्बन युनिभर्सिटी लैजान लागेका हौँ । हाल यसको शरीरका ठूला हड्डीलाई सुरक्षित तरिकाले पुर्याइसकिएको छ । यसका करङ र पिठ्यूँका हड्डी युनिभर्सिटी पुगिसके । त्यसपछि साना हड्डी पुर्याइनेछन् । यसलाई युनिभर्सिटीमा त्यसै क्रममा राखिनेछ जुन क्रममा भेटिएका थिए । त्यसपछि हामी आसपासका इलाकामा उत्खनन कार्य गर्नेछौँ ।’

वैज्ञानिकका अनुसार केही हिस्सा यस्ता छन् जसलाई प्रयोगशालाको रुपमा हेरिन आवश्यक छ । यहाँका माटो र धुलोको कण निकालेर अनुसन्धान गर्नुपर्छ । यो खोज सारोपोड्स डाइनासोरबारे अध्ययन गर्नका लागि निकै जरुरी भएको वैज्ञानिकले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै