दक्षिण कोरियामा हेलोवीन मनाउन जम्मा भएको भीडमा किचिएर १५१ जनाको मृत्यु

Posted on: 30 Oct, 2022

एजेन्सी | दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५० जनाभन्दा धेरैको मृत्यु भएको छ। घटनामा ८२ जना घाइते भएको त्यहाँको आपतकालिन सेवाले जनाएको छ। शनिवार साँझ भएको घटनामा मृत्यु हुनेमा १९ जना विदेशी छन्। अधिकारीहरूले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।


हेलोइन मनाउनका लागि त्यहाँको चर्चित रात्रिकालीन गतिविधि हुने क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो। घटनाका अधिकांश पीडितहरू २० वर्ष आसपासका किशोर र युवाहरू रहेको बताइएको छ। साँघुरो गल्लीमा अत्यधिक भीड जम्मा भएर ठेलमठेल भएपछि भाग दौड मच्चिँदा मानीसहरूलाई भीडले किचेको विवरणहरू आएका छन्।

दक्षिण कोरियामा कोभिड महामारीपछि खुला स्थानमा हेलोइन आयोजना भएको यो नै पहिलो थियो। बिबिसिबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!