२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कतारमा भारतीय नौसेनाका आठ पूर्व अधिकारीको ‘रहस्यमय’ गिरफ्तारी

२०७९, २२ कार्तिक मंगलवार ०५:४६

एजेन्सी | कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक धारणा आएको छैन ।

भारतीय नौसेनाका यी पूर्व अधिकारीहरू कतारको ‘अल–जाहिरा अल–अलामी कन्सल्टेन्सी एण्ड सर्भिसेज’ नामक कम्पनीमा काम गर्थे । यो कम्पनीले कतारी नौसेनालाई तालिम र सामान आपूर्ति गर्दछ। भारतीय विदेश मन्त्रालयले सुरुमा यसबारे केही नबोले पनि अहिले कतार स्थित भारतीय दूतावासले पक्राउ परेका भारतीयहरूलाई कन्सुलर सेवा उपलब्ध गराउन खोजेको जानकारी दिएको छ । मन्त्रालयले  उनीहरूलाई किन पक्राउ गरिएको हो भन्नेबारेमा कुनै जानकारी दिएको छैन । 

भारतीयहरूको पक्राउको खबर पनि निकै रहस्यमय ढङ्गले बाहिर आएको थियो । २५ अक्टोबरमा डाक्टर म्याथ्यु भार्गव नामकी एक महिलाले ट्वीट गरेकी थिइन् जसमा उनले देशको सेवा गरेका आठ पूर्व भारतीय नौसेना अधिकारीहरू कतारको राजधानी दोहामा गत ५७ दिनदेखि अवैध रूपमा थुनामा रहेको दाबी गरेकी थिइन् । उनले आफ्नो ट्वीटमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ट्याग गरेकी थिइन् । चाखलाग्दो कुरा के छ भने, उनले आफ्नो ट्विटर एकाउन्टमा आफूलाई शिक्षाविद् र सुफीको रूपमा वर्णन गरेका छन्। उनले कतारमा पक्राउ परेका भारतीयहरूसँग आफ्नो सम्बन्ध के हो भन्ने कतै पनि बताएकी छैनन् । बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै