२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कतारमा भारतीय नौसेनाका आठ पूर्व अधिकारीको ‘रहस्यमय’ गिरफ्तारी

२२ कार्तिक २०७९, मंगलवार ०५:४६

एजेन्सी | कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक धारणा आएको छैन ।

भारतीय नौसेनाका यी पूर्व अधिकारीहरू कतारको ‘अल–जाहिरा अल–अलामी कन्सल्टेन्सी एण्ड सर्भिसेज’ नामक कम्पनीमा काम गर्थे । यो कम्पनीले कतारी नौसेनालाई तालिम र सामान आपूर्ति गर्दछ। भारतीय विदेश मन्त्रालयले सुरुमा यसबारे केही नबोले पनि अहिले कतार स्थित भारतीय दूतावासले पक्राउ परेका भारतीयहरूलाई कन्सुलर सेवा उपलब्ध गराउन खोजेको जानकारी दिएको छ । मन्त्रालयले  उनीहरूलाई किन पक्राउ गरिएको हो भन्नेबारेमा कुनै जानकारी दिएको छैन । 

भारतीयहरूको पक्राउको खबर पनि निकै रहस्यमय ढङ्गले बाहिर आएको थियो । २५ अक्टोबरमा डाक्टर म्याथ्यु भार्गव नामकी एक महिलाले ट्वीट गरेकी थिइन् जसमा उनले देशको सेवा गरेका आठ पूर्व भारतीय नौसेना अधिकारीहरू कतारको राजधानी दोहामा गत ५७ दिनदेखि अवैध रूपमा थुनामा रहेको दाबी गरेकी थिइन् । उनले आफ्नो ट्वीटमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ट्याग गरेकी थिइन् । चाखलाग्दो कुरा के छ भने, उनले आफ्नो ट्विटर एकाउन्टमा आफूलाई शिक्षाविद् र सुफीको रूपमा वर्णन गरेका छन्। उनले कतारमा पक्राउ परेका भारतीयहरूसँग आफ्नो सम्बन्ध के हो भन्ने कतै पनि बताएकी छैनन् । बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव