असोज ३, काठमाडौं | रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ ।

नेपाल आयल निगमले गरेको रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तृत इ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, काठमाडौं | रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ ।

नेपाल आयल निगमले गरेको रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तृत इ"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेट्रोलियम पाइपलाइन बनाउन ४ हजार घर भत्काउनुपर्ने

३ आश्विन २०७३, सोमबार ००:५१

असोज ३, काठमाडौं | रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ ।

नेपाल आयल निगमले गरेको रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तृत इन्जिनियरिङ सर्भेमा यस्तो अवस्था देखिएको छ । निगमका प्रवक्ता भानु खनालले प्राविधिक अध्ययनबाट अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज पथलैया सडक विस्तारका लागि ४ हजार घर तथा झुपडी भत्काउनुपर्ने देखिएको बताए।

सडक विभागले वीरगञ्ज पथलैया सडक दुई लेनबाट ६ लेनको बनाउने योजना अगाडि बढाएको छ। सडक विस्तार योजना अगाडि नबढे पाइपलाइन निर्माण हुन नसम्ने निगमले जनाएको छ। ‘वीरगन्जदेखि अमलेखगन्जसम्म मुख्य सडकको किनारै किनारमा पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउँछौ,’ उनले भने,‘ पाइपलाइनका लागि छुट्टै जग्गा भने चाहिँदैन। सडक विस्तारको जग्गा प्रयोग हुन्छ’

वीरगञ्ज अमलेखगञ्जभित्र साना ठूला गरी झन्डै १३ हजार रुख काट्नुपर्ने देखिएको छ । सडक विभागलाई रूख काट्न र घरहरू छिटो भत्काउन निर्देशन दिइसकेको छ। यस्तै विद्युत प्राधिकरणलाई  विजुलीका पोल र तार हटाउन आग्रह गरिसकेको निगमले जनाएको छ।

रक्सौल अमलेखगञ्जमा पाइपलाइन निर्माणका २ अर्ब ७५ करोड भारतीय रुपैया छ। जसमध्ये भारतीय आयल कर्पोरेसनको २ अर्ब भारू र निगमको ७५ करोड भारू लगानी गर्ने सहमति भएको छ।- कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव