२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानसम्बन्धी निर्णय पठाउन फेरि सरकारलाई ‍सर्वोच्चको आदेशात्मक पत्र

२०७३, ६ आश्विन बिहीबार ०१:५३

असोज ६, काठमाडौं | सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख  आयुक्त लोकमानसिंह कार्कीको नियुक्ती सम्बन्धमा भएको निर्णय नपठाए अवहेलनामा कारबाही हुने आदेशसहितको पत्र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको खबर आजको अन्नपूर्णमा यम विरहीले लेखेका छन् ।

सर्वोच्चले एउटै व्यवहोराको आदेश सामान्य प्रशासन मन्त्रालयलाई समेत पठाएको छ। प्रमुख आयुक्त कार्कीविरूद्ध दायर रिटको पुनरावलोकनमा प्रधानन्यायाधीश शुसीला कार्की, न्यायाधीश विश्वम्भरप्रकाश श्रेष्ठ र सपना मल्ल प्रधानको पूर्ण इजलासले गत भदौ ३१ गते प्रमुख आयुक्त नियुक्तिका लागि भएको निर्णय र २०६२/६३ को जनआन्दोलनपछिको तत्कालिन मुख्यसचिवको हैसियतमा सामान्य प्रसाशन मन्त्रालयले स्पष्टीकरण पेश गर्न सरकारलाई आदेश दिएको थियो।

सात दिनसम्म पनि नियुक्तिको फँइल नपठाए अवहेलनामा कारबाही हुने चेतावनीसमेत आदेशमा दिएको थियो। ‘आदेशसहितको खामबन्दी बुधबारै प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ,’ सर्वोच्चमा प्रशासनका एक अधिकारीले भने,‘आदेश पाएको मितिले सात दिनभित्र निर्णओय पठाउने कानुनी म्याद हुन्छ। निर्णय नआए के गर्ने भनेर त्यसपछि मात्र इजलासले प्रक्रिया अघि बढाउँछ।’

अति गोप्य भन्दै छाप लगाइएको खामबन्दी बुधबार साँझ ५ बजे सर्वोच्च प्रशासनबाट चलानी भएको थियो। उक्त आदेश बुधबारै प्रधानमन्त्री कार्यालयमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से