७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो)

९ बैशाख २०८२, मंगलवार २०:४५

वैशाख ९, काठमाडौँ । आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन काठमाडौँमा हुँदैछ । तर अर्को तर्फ आफू एनआरएनएको अध्यक्ष दावी गर्दै आएका एमाले निकट बद्रि केसी समूहले भने अझै एनआरएनएको केन्द्रिय कार्यालय छोडेका छैनन् ।

यसैबीच सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न गर्न एनआरएनए सचिवालयलाई निर्देशन समेत दिएको अवस्था छ । उच्चस्तरीय समितिले तोकिएकै मिति मे ३ देखि ५ सम्म एकताको महाधिवेशन गराउनुपर्ने र थप समय माग्न कानुन बमोजिम नमिल्ने समेत स्पष्ट पारेको अवस्था छ । यस्तो अवस्थामा केसी पक्षले सर्वोच्चको आदेशलाई अवहेलना गरेको भन्दै आज पुन: सर्वोच्चमा मुद्धा दायर गरेको छ ।

एनआरएनए उच्चस्स्तरीय समितिले हिजो सोमबार पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो । सो पत्रकार सम्मेलन मार्फत आगामी महाधिवेशन हायात होटलमा हुने जानकारी दिईएको छ । समितिका संयोजक डा. शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको सङ्घलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान गरिने बताएका छन् । एनआरएनएलाई विवादरहित संस्था बनाउन सर्वोच्चले दिएको परामदेशका आधारमा संस्थालाई आवश्यक सुधार गर्न महाधिवेशन हुन लागेको घलेको भनाई छ । घलेले अब नयाँ ढंगबाट एनआरएनए अघि बढ्ने दावी गरेका छन् । उनले सोमबारको पत्रकार सम्मेलनमा भनेका छन् – अब कुनैपनि हालतमा एनआरएनएको महाधिवेशन रोकिदैन् ।

एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका अनुसार आगामी अधिवेशनको लागि उच्चस्तरीय समितिको वेभसाइट र एनसीसीहरूबाट आएको सङ्ख्या जोड्दा ६३ हजारभन्दा बढी सदस्य बनिसकेका छन् । समितिका अनुसार एकता महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुन आइतबारसम्म दुई हजार पाँच सयभन्दा बढीले निवेदन दिइसकेका छन् ।

यसै बीच आज मंगलबार गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् । डा. बद्री केसी., डा. हेम राज शर्मा तथा अन्य सम्पूर्ण पदाधिकारीलाई प्रतिवादी बनाइ विश्वभर रहेका संघका सदस्यहरूको प्रतिनिधित्व गर्दै सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो ।

सर्वोच्च अदालतको स्पष्ट आदेश अनुसार, संघको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई हस्तान्तरण गरिनुपर्ने थियो । तर, बद्री केसी नेतृत्वको टोलीले सो आदेशको खुला अवहेलना गर्दै जवर्जस्ती कार्यालय कब्जा गर्दै आएको अवस्था छ । सचिवालयले तीन पटकसम्म पत्र पठाएर कार्यान्वयनका लागि आग्रह गरेपनि केसी पक्षले आफूलाईनै एनआरएनएको आधिकारिक अध्यक्ष करार गर्दै सर्वोच्चको आदेश बिपरित काम गरिरहेको आरोप लगाइएको छ ।

सम्बन्धित भिडियो हेर्नुहोस् 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी