२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

न्यायालयको ढोकामा तालाबन्दी छ…

३ मंसिर २०७५, सोमबार ०७:४५

सरस्वती अधिकारी (खुशी)

हिजोआज,

 के गाउँ, के शहर

 के बाहिर के घर

नारीको अस्मिता धरापमा छ

तपाइँ पत्याउनुस या नपत्याउनुस

आजकाल जमाना खराबमा छ

***

ती यौन पिपासुहरुको कुरा के गर्नु र यहाँ ?

जब, आफ्नै बाबु र दाजुभाइबाटै बलात्कृत हुन्छिन्

अनि ऊनि आफनै परिवारबाट नै तिरस्कृत हुन्छिन

हिजोआज उनलाई

 के भर, के डर

 के बाहिर, के घर

***

जवान किशोरीहरुको के कुरा ?

जब,

६० वर्षीय हजुरआमा र साना नानिहरुमाथी नै गिद्दे नजर परेपछि

पराइ त पराइ नै भैहाल्यो, आफ्नाकै नजरबाट झरेपछि

हिजोआज

 के दिन के, रात

 के बिहान, के साँझ

***

त्यो पबित्र मन्दिर पनि बेस्यालय बनेको छ (हिजोआज)

जहाँ हजारौं भक्तजनहरुको लाम हुन्छ

त्यहि नारीको अस्मिता लुटिने ठाम हुन्छ

हिजो(आज,

 के मन्दिर, के देवालय

 के घर, के वेश्यालय

***

हिजो(आज न्यायालयको ढोकामा तालाबन्दी छ

अनि

न्यायाधीशहरु मस्त निदाइरहेछन्

सपनाबाटै न्यायहरु दिलाईरहेछन्

त्यसैले हिजोआज

 के न्याय, के अन्याय

 के सुझाव, के राय

***

सडकहरु एकैछिन तात्छन अनि सेलाइहाल्छ (अचेल)

जब

सिंहदरबारबाट आश्वासनका भाषाणहरु गुन्जिन्छन्

भाषणबाटै भएपनि न्यायका धुनहरु बजाइदिन्छन्

हिजोआज

 के जनता, के सरकार

 के बाहिर, के घर 

नारीको अस्मिता धरापमा छ

तपाइँ पत्याउनुस या नपत्याउनुस

आजकाल जमाना खराबमा छ…

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो