साउन २३, पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्"/>
४ पुष २०८२, शुक्रबार
पर्यटन

पौवा भञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने पदमार्ग निर्माण

२३ श्रावण २०७३, आईतवार ०६:१०

साउन २३, पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । 

रानीटार–९ का बासिन्दाको अग्रसरता तथा मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समिति इलामको आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको हो । समितिको रु नौ लाख र स्थानीयवासीको रु तीन लाख बराबरको श्रमदानबाट २८ सय मिटर पदमार्ग निर्माण गरिएको हो । गत आव २०७२÷७३ मा पौवा, सुकेपोखरी हुँदै सैलुङ्गेसम्म पदमार्ग निर्माण गरिएको थियो । 

हालै निर्माण सुरु गरिएको यो पदमार्गको अन्तिम गन्तव्य बिन्दु कञ्चनजङ्घा कुम्भकर्ण वेस क्याम्पसम्म रहेको छ ।  क्रमिक रूपमा पेङ्खाङ, कुइभिर, देउराली, जलजले लामपोखरी, लाक्पे, सानो मेघु, हिवा नागी, तावा नागी हुँदै कञ्चनजङ्घा वेस क्यामसम्म पदमार्ग विस्तार गर्ने बताइएको छ । 

अनुमानित ३०० किलोमिटर दूरीको कञ्चनजङ्घा पुग्ने नयाँ पदमार्ग विस्तार विकास भए यसबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने रानीटार–९ का सुरेश राईले बताउनुभयो । विस्तार सुरु गरिएको पदमार्ग क्षेत्रमा पाँचऔले, सतुवा, विखुमालगायतका जडीबुटी, रेडपान्डा, सात प्रकारका लालीगुराँसलगायत अवलोकन गर्न पाइन्छ । 

त्यसैगरी यस क्षेत्रमा राई, लिम्बू, मगर, सुनुवार, शेर्पालगायत आदिवासी जनजातिका परम्परागत थातथलोसमेत देख्न सकिन्छ । यिनै विभिन्न जातजातिको कला, संस्कृतिबाट पनि पर्यटन प्रवद्र्धन हुने प्रसस्त सम्भावना रहेको वडा नं ९ का धनकृष्ण राईले बताउनुभयो । यस क्षेत्रको ठाउँ ठाउँमा दर्जनौँ आकर्षक पर्यटकीयस्थल त छँदैछन्, यो बाटो हुँदै यात्रा गर्दा नेपालका अधिकांश हिमाल सजिलै देख्न सकिन्छ । 

ठाउँठाउँमा जातजातिअनुसारको होमस्टे खोलेर सांस्कृतिक परिकारबाट पनि राम्रै आम्दानी गर्न सकिने स्थानीयवासी अजय राईले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता