२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

संरक्षणको पर्खाइमा कालिकोटका पुरातात्विक सम्पदाहरु

२०७५, १६ फाल्गुन बिहीबार १२:४५

फागुन १७, कालीकोट । कालिकोटमा रहेका पुरातात्विक सम्पदा (देवल) हरू संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेका छन् । चौधौं शताब्दीमा पश्चिमका नायबी मल्लकालीन राजाहरूले निर्माण गराएका कलाकौशलयुक्त देवलहरूको उचित संरक्षण नहुँदा देवलका संरचना जीर्ण भई हराउँदै गएपछि पुरातात्विक इतिहास बोकेका सम्पदा लोप हुने अवस्थामा पुगेका हुन् ।

वि.सं १४ सयदेखि १८औं शताब्दीसम्म सुदूर तथा मध्यपश्चिममा एकछत्र राज गर्दै आएका मल्ल राजाहरूले ग्रामीण बस्ती घुम्ने क्रममा उपयुक्त लागेको स्थानमा देवलहरू निर्माण गरी मौसमी रूपमा आवास बनाउने गरेका स्थान ओझेलमा परेको स्थानीय तुलाराज योगिको भनाइ छ । कालिकोटको खाडाचक्र नगरपालिका, रास्कोट नगर पालिका, शान्नि त्रिवेणि गाँउपालीका ,शुभकालिका गाँउपालिका र नरहरिनाथ गाँउपालीकामा पाँच वटा मन्दिर रहेका छन् । 

यस्ता देवलहरूको संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आउने र यस क्षेत्रको समग्र जीवनशैलीमा परिवर्तन ल्याउने खाडाचक्र नगरपालिका–१ मिम बहादुर शाहि बताउँछन् । कलाकृतिले भरिपूर्ण र पुरातात्विक महत्व दर्शाउने कालिकोटका ऐतिहासिक सम्पदा र संरचनाहरूको संरक्षण संवद्र्धन तथा पर्यटकीय प्रवद्र्धनका लागि राज्यले ध्यान दिन नसकेको स्थानिय पुजारि जयचन्द्र अधिकारिको गुनासो छ । आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बन्न सक्ने जिल्लाको खाडाचक्र र रास्कोट आसपासका क्षेत्रमा रहेका पुरातात्विक देवल, बैठक कक्ष, पानीका नाउला पहिचान भए पनि संरक्षण र पर्यटन प्रवद्र्धनका लागि न त स्थानीय बासिन्दाले चासो दिएका छन् न राज्यका निकायबाट ।

स्थानिय सरकार आएको पनि भन्डै दुई वर्ष वित्न लाग्दा समेत यसको प्रचार प्रसार र संरक्षणमा कुनै चासो र चिन्ता लिएको देखिएको छैन । यस्त खालका धेरै पुरातात्विक सम्मपदाहरुको संरक्षणकमो लागि कुन्र पनि शुचिमा नराखेको प्रति रास्कोट ३ का वयवृद्ध पदमनाथ योगिले नगरपालीका प्रति गुनासो गरे । उनले भने, ‘यस्ता सम्पदाहरुको संरक्षण नगरे अवका पिढिहरुले, देख्न मुस्किल पर्नेछ ।’ कुनै बेला कालिकोट, जावुरा, आछाम र दैलेखका स्थानीयहरूको छोटो बाटोको रूपमा रहेको गुटु चिसापानी वाजुराको वडिमालिका जाने वाटोमा रहेका दर्जनौं धर्मशालाहरू अहिले सुनसान बनेका छन् । महाभारतको मध्यभागमा रहेको तत्कालीन अजयमेरु राजाकी रानी नागी मल्लकी आमा रानी मौलाले घोडा सवारीसहित भित्र पस्ने विशाल धर्मशाला संरक्षणको पखाईमा छ । 


पाण्डवहरूले महाभारतको शैर गर्दा, द्रोपदीलाई प्यास लाग्दा, अर्जुनले बाण हानी पानी फुटाएको रमशिलाको पानी र त्यही बाटोमा पर्ने पाण्डव भीमले विशाल ढुँगामा सिंगान पुच्छदा लागेको औंठा छापलगायत धार्मिक, साँस्कृतिक र पौराणिक दृष्टिकोणबाट महत्वपूर्ण रहेका अनेकौं ऐतिहासिक सम्पदाको संरक्षणतर्फ कसैको ध्यान गएको छैन । जिल्लाका यस्ता पुरातात्विक, ऐतिहासिक र जीवनशैलीसँग जोडिएका कालखण्ड इतिहास बोक्ने सम्पदाहरूको सूचीकृत गरी संरक्षण संवद्र्धन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले योजनाबद्ध रूपमा अघि बढन सके परिवर्तित संघीय राज्यको समृद्धिका लागि बलियो आधार बन्न सक्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने