१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीले काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने: मन्त्री पाण्डे

६ आश्विन २०७३, बिहीबार ०८:२५

असोज ६, विराटनगर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुरानो शैलीको काम गर्ने तरिकामा परिवर्तन गरी कर्मचारीहरुलाई जनतालाई अनिभूत हुनेखालको काम गर्न निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उनले भने– “विगतमा एकात्मक केन्द्रित व्यवस्था थियो भने अब मुलुक सङ्घीयतामा गइसकेकाले हिजोको चिन्तन र सोचमा परिवर्तन गरी संविधानले र्र्नििदष्ट गरेका कार्यलाई सफल बनाउनका लागि कर्मचारीहरु अग्रसर हुनुपर्दछ ।”

संविधानलाई अध्ययन गर्न कर्मचारीहरुलाई सुझाव दिँदै उनले संविधानको माध्यमबाट जनताले पाएको अधिकारलाई परिपूर्ति गर्नेतर्फ जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकता औँल्याए।

सरकारको प्राथमिकतामा परेका पाँचवटा कार्यलाई गम्भीर रुपमा अगाडि बढाउनुपर्ने विषयमा जोड दिँदै उनले भने – “संविधानको कार्यान्वयन, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु, भूकम्पपीडितलाई राहत वितरण, आर्थिक विकास र शान्ति, सुव्यवस्था र स्थानीय तहको निर्वाचन यी पाँच सरकारको मुख्य प्राथमिकताको कार्य रहेको छ ।”

संविधान कार्यान्वयनका क्रममा सातवटा प्रदेशका लागि सातवटा उच्च अदालतको स्थान तोकिएको चर्चा गर्दै उहाँले अब सरकार स्थानीय तहको निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्नेतर्फ केन्द्रित भएको बताए ।

उनले स्थानीय तहको सीमाङ्कन, नामाङ्कन र सङ्ख्या निर्धारणका साथै स्वायत्त, विशेष र संरक्षित क्षेत्रसहित निर्धारण गर्ने कार्यलाई पुनःसंरचना आयोगले अगाडि बढाइरहेको जानकारी गराए।

सोही अवसरमा प्रजिअ तोयम रायले जिल्लाको गतिविधिबारे जानकारी गराउँदै नदीजन्य पदार्थ अवैध ढङ्गले हुने उत्खननको रोकथामका लागि समस्या र बजार अनुगमन गर्ने सम्बन्धित कार्यालयहरुमा कर्मचारीको अभाव र बाढीपीडितको अवस्थाबारे जानकारी गराए ।

सोही अवसरमा विभिन्न कार्यालयका प्रमुखहरुले आ–आफ्ना कार्यालयका गतिविधि र समस्याबारे जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का