२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीले काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने: मन्त्री पाण्डे

२०७३, ६ आश्विन बिहीबार ०८:२५

असोज ६, विराटनगर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुरानो शैलीको काम गर्ने तरिकामा परिवर्तन गरी कर्मचारीहरुलाई जनतालाई अनिभूत हुनेखालको काम गर्न निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आज कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उनले भने– “विगतमा एकात्मक केन्द्रित व्यवस्था थियो भने अब मुलुक सङ्घीयतामा गइसकेकाले हिजोको चिन्तन र सोचमा परिवर्तन गरी संविधानले र्र्नििदष्ट गरेका कार्यलाई सफल बनाउनका लागि कर्मचारीहरु अग्रसर हुनुपर्दछ ।”

संविधानलाई अध्ययन गर्न कर्मचारीहरुलाई सुझाव दिँदै उनले संविधानको माध्यमबाट जनताले पाएको अधिकारलाई परिपूर्ति गर्नेतर्फ जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकता औँल्याए।

सरकारको प्राथमिकतामा परेका पाँचवटा कार्यलाई गम्भीर रुपमा अगाडि बढाउनुपर्ने विषयमा जोड दिँदै उनले भने – “संविधानको कार्यान्वयन, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु, भूकम्पपीडितलाई राहत वितरण, आर्थिक विकास र शान्ति, सुव्यवस्था र स्थानीय तहको निर्वाचन यी पाँच सरकारको मुख्य प्राथमिकताको कार्य रहेको छ ।”

संविधान कार्यान्वयनका क्रममा सातवटा प्रदेशका लागि सातवटा उच्च अदालतको स्थान तोकिएको चर्चा गर्दै उहाँले अब सरकार स्थानीय तहको निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्नेतर्फ केन्द्रित भएको बताए ।

उनले स्थानीय तहको सीमाङ्कन, नामाङ्कन र सङ्ख्या निर्धारणका साथै स्वायत्त, विशेष र संरक्षित क्षेत्रसहित निर्धारण गर्ने कार्यलाई पुनःसंरचना आयोगले अगाडि बढाइरहेको जानकारी गराए।

सोही अवसरमा प्रजिअ तोयम रायले जिल्लाको गतिविधिबारे जानकारी गराउँदै नदीजन्य पदार्थ अवैध ढङ्गले हुने उत्खननको रोकथामका लागि समस्या र बजार अनुगमन गर्ने सम्बन्धित कार्यालयहरुमा कर्मचारीको अभाव र बाढीपीडितको अवस्थाबारे जानकारी गराए ।

सोही अवसरमा विभिन्न कार्यालयका प्रमुखहरुले आ–आफ्ना कार्यालयका गतिविधि र समस्याबारे जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से