Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा एसबाट सरकारको नेतृत्व डा. बेदुराम भुसालले गर्ने, तीन मन्त्रालयमा अडान

२०७९, १२ चैत्र आईतवार ०६:१९

चैत १२, काठमाडौँ | ११ दलीय सत्ता गठबन्धनको पाँचौँ ठूलो घटक नेकपा एकीकृत समाजवादी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । नेकपा एसको महासचिव छाडेर उपाध्यक्ष बनेका डा. भुसाल राष्ट्रियसभा सदस्य हुन् ।

अध्यक्ष माधवकुमार नेपालले डा. बेदुराम भुसाललाई सरकारको नेतृत्व गरेर पठाउन लागेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत गराइसकेको बालुवाटार स्रोतले जनाएको छ । भुसाल नेकपा एसका संस्थापक महासचिव भए पनि घनश्याम भुसालका लागि सो पद छाडेका छन् ।

नेकपा एसका माधव नेपालसहित १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक ९ जना सांसद नै मन्त्रीको दाबेदार छन् । यद्यपि पहिलो चरणमा डा. बेदुराम भुसालसहित प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी नेकपा एसको छ ।

एमालेबाट विभाजन भएर मन्त्री तथा मुख्यमन्त्री बनेकाहरूले पहिलो चरणमा मौका नपाउने मापदण्ड बनाइएको छ । सोही मापदण्ड बमोजिम बेदुरामको नेतृत्वमा सरकारमा जान लागिएको हो । सरकारको नेतृत्वका लागि राजेन्द्र पाण्डेले पनि दाबी गरेका छन् ।

तर पाण्डेलाई माधव नेपाल प्रधानमन्त्री भएको बेला गृहमन्त्री बनाउने आश्वासन दिइएको स्रोतले जनाएको छ । नेकपा एसले गृहमन्त्रीमा दाबी गरेपनि सो मन्त्रालयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ जाने चर्चासँगै नेकपा एसले भौतिक पूर्वाधार पाउने सम्भावना छ ।

नेकपा एसबाट निर्वाचित सांसदमध्ये पार्टी विभाजनपछि धनबहादुर बुढाबाहेक सबै एक चरण मन्त्री बनिसकेका छन् । बुढाले ६ महिनाका लागि भनेपनि आफूलाई मन्त्री बनाउन नेतृत्वमाथि दबाब बढाएका छन् । यो चरणमा नभए अर्को चरणमा मन्त्री बनाउने आश्वासन उनलाई दिइएको छ ।

प्रकाश ज्वाला र अमरबहादुर थापा कर्णाली सरकारमा मन्त्री थिए । उनीहरूले मन्त्री भएकै बेला एमालेका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बन्नबाट रोक्न माओवादीलाई फ्लोर क्रस गरेर साथ दिएपछि सांसद पद गएको थियो ।

अमर थापा पनि कर्णालीकै भएकाले यस पटक ज्वालाले मौका पाउँदा उनले अर्को पटक पाउने आश्वासन दिइएको छ । प्रेम आले, किसान श्रेष्ठ, शेरबहादुर कुँवरले भने यो चरणमा मन्त्री बन्ने मौका नपाउने भएका छन् ।

तीन चरणमा सरकार बन्ने भएकाले सबै सांसदले पालैपालो मन्त्री बन्ने अवसर रहेको भन्दै नेतृत्वले उनीहरूलाई मनाइरहेको छ । नेकपा एसले एउटा प्रदेशको मुख्यमन्त्रीसहित ३ मन्त्रालयमा दाबी गरेको छ । यद्यपि प्रधानमन्त्रीले भने नेकपा एसलाई २ मन्त्रालयमा मात्र दिन सकिने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै