२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिके राउतको कटाक्ष- मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा उपचुनाव तोकियो

२०७९, १२ चैत्र आईतवार १०:०५

चैत १२, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई तीन/चार महिना मन्त्रीबिना बाँच्न नसक्ने भएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो कटाक्ष गरेका हुन् ।

उनले भने, ‘बारा २ मा सांसद पद खाली भएको सूचना संसदमा पढ्न पाएको छैन । उता निर्वाचन आयोगले तुरुन्तै निर्वाचनको कार्यक्रम वैशाख १० मै घोषणा गरिसक्यो यही रफ्तारमा अरु काम पनि धेरै भइदियो भने त राम्रो हुन्थ्यो जस्तो लाग्छ । कसैलाई चाहिँ तीन/चार महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन ।’

उनले आयोगको यो कदमले विश्वासनियतामाथि प्रश्न उठाएको बताए । उनले भने, ‘निर्वाचन निष्पक्ष रुपमा गराउनुपर्छ । त्यहाँ प्रहरी प्रशासनको दुरुपयोग गराउन हुँदैन ।’

उनले निर्वाचन आयोगलाई सरकारको तर्फबाट कुनै दबाब नराख्न समेत आग्रह गरे । बारा २ मा जसपा अध्यक्ष यादव निर्वाचन लड्ने तयारी थालेपछि राउत त्यसको आक्रमक रुपमा विपक्षमा उभिएका छन् । उनले बारा २ मा उपेन्द्रलाई हराउँनका लागि लोसपा र नागरिक उन्मुक्तिसँग कार्यगत एकता गरेरै अभियान चलाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै