असोज ७, न्युयोर्क । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको पछिल्लो अवस्थाबारे विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुले विशेष चासो राखेका छन् ।

स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७, न्युयोर्क । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको पछिल्लो अवस्थाबारे विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुले विशेष चासो राखेका छन् ।

स"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छन् विश्वका द्वन्द्वग्रस्त मुलुक

२०७३, ७ आश्विन शुक्रबार ०५:५६


असोज ७, न्युयोर्क । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको पछिल्लो अवस्थाबारे विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुले विशेष चासो राखेका छन् ।

संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिन आएको नेपाली प्रतिनिधिमण्डलसँग विशेषगरी नेपालको मौलिक एवम् अनुकरणीय शान्ति प्रक्रियाका बारेमा द्वन्द्वग्रस्त मुलुकका प्रतिनिधिले विशेष चासो राखेका हुन् ।

नेपालका राजनीतिक दलको सहमतिमा अगाडि बढेको शान्ति प्रक्रियाले एक हदसम्म पूर्णता पाइसकेको र द्वन्द्वोत्तर समयका केही विषयमा अझै अध्ययन तथा अनुसन्धान, पीडितलाई क्षतिपूर्ति तथा राहतको प्रक्रियासमेत सुरु भएको छ ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर न्युयोर्क आइपुग्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग द्विपक्षीय भेटवार्ता गरेका विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा नै विशेष चासो राखेका थिए ।

संयुक्त राष्ट्र सङ्घको सहयोगमा अघि बढेको नेपालको शान्ति प्रक्रिया र पछिल्लो पटक विगतमा द्वन्द्वरत दुवै पक्ष नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का बीचमा भएको सहमति र सहकार्यले शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउन लागेको छ ।

परराष्ट्रमन्त्री डा महतसँग विहिबार भएको भेटमा विशेषगरी कोलम्बियाका परराष्ट्रमन्त्री मारिया एन्जेला होल्गुइन कोयरले नेपालको शान्ति प्रक्रिया कसरी अगाडि बढ्यो र निष्कर्षमा कसरी पुग्यो भन्ने बारेमा विशेष चासो राखेका हुन् ।

परराष्ट्रमन्त्री डा महतले भने, “नेपालको शान्ति प्रक्रियाका बारेमा कोलम्बियाका विदेशमन्त्रीले विशेष चासो राखेर सोधखोज गर्नुभयो र नेपाल भ्रमण गरेर थप जानकारी लिने बताउनुभएको छ ।” विगत ६० वर्षदेखि द्वन्द्वमा रहेको कोलम्बियामा सरकार र विद्रोही फार्क समूहबीच विगत केही महिनादेखि शान्ति प्रक्रिया अगाडि बढेको छ ।

कोलम्बियालाई सफलरुपमा शान्तिको मार्गमा हिँडाउनका लागि पनि नेपालको अनुभव अनुकरणीय हुन सक्ने विदेशमन्त्रीको भनाइ थियो । नेपालको शान्ति प्रक्रियाका पक्षलाई विशेषगरी विश्वका विभिन्न मुलुकले सिक्न लागिपरेको र भ्रमणको समेत इच्छा व्यक्त गरेका छन् ।

विशेषगरी संयुक्त राष्ट्र सङ्घका महासचिव वान कीमुनको विशेष साथ र सहयोगका कारण पनि नेपालको शान्ति प्रक्रिया अगाडि बढेको हो ।

यस्तै, मङ्गोलिया, सर्बिया लगायतका मुलुकका प्रतिनिधिले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् संविधान निर्माण पछिको अवस्थाका बारेमा परराष्ट्रमन्त्रीसँग विशेषरुपमा नै चासो राखेको र उनीहरुले नेपालबाट केही न केही सिकौँ र आफ्नो मुलुकमा त्यसलाई लागू गराँै भन्ने मानसिकताका साथ चासो राख्ने गरेको परराष्ट्र सचिव शङ्करदास बैरागी बताउछन् ।

यस्तै, परराष्ट्रमन्त्री डा महत र पाकिस्तानका प्रधानमन्त्री नवाब सरिफ बीचको भेटवार्तामा समेत नेपालको पछिल्लो अवस्थाका बारेमा चासो राखेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से