२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बढ्यो यार्सागुम्बाको निर्यात, ८ महिनामा ३६ करोड भित्रियो

२०७९, १३ चैत्र सोमबार ११:०५

चैत १३, काठमाडौँ | गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यार्सागुम्बाको निर्यात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको ८ महिनाको तुलनामा यार्सागुम्बाको निर्यात बढेको हो । चालू वर्षको ८ महिना (साउन–फागुन) सम्मको अवधिमा नेपालबाट ३६ करोड ३४ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । यसअवधिमा नेपालबाट ५६४ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।


जबकी, गत आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट २४ करोड ५८ लाख १७ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट जम्मा ३९७ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांक छ । नेपालबाट विश्वका एक दर्जन देशमा यार्सागुम्बा निर्यात हुने गरेको देखिएको छ । ८ महिनाको अवधिमा नेपालबाट कम्बोडिया, चीन, फ्रान्स, जर्मनी, हङकङ, कोरिया, इटाली, मलेसिया, बेलायत, अमेरिका र भियतनाममा यार्सागुम्बा निर्यात भएको छ ।

नेपालबाट कम्बोडियामा ११ करोड ५९ लाख ४३ हजार रुपैयाँ बराबरको १७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस्तै, हङकङमा १७ करोड ७५ लाख रुपैयाँ बराबरको २५६ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस्तै, चीनतर्फ २१ लाखको र फ्रान्सतर्फ १० लाखको यार्सागुम्बा निर्यात भएको तथ्यांक छ । इटालीमा ९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा मलेसियामा ३४ लाख रुपैयाँको र सिंगापुरमा १ करोड २५ लाख रुपैयाँको निर्यात भएको छ । यसबाहेक बेलायतमा २० लाखको निर्यात हुँदा अमेरिकामा ५१ लाख रुपैयाँको र भियतनाममा ४ करोड २३ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा नेपालबाट यार्सागुम्बा निर्यात बढेको छ । गत वर्ष २४ करोड ५८ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । जबकी, चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ३६ करोड ३४ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो । यो गत वर्षको तुलनामा ११ करोड ७६ लाख रुपैयाँ बढी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन