असोज ७, धादिङ । नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन आज बिह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७, धादिङ । नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन आज बिह"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेडियो धादिङको भवनमा डोजर लगाएकोमा एमालेको विरोध

७ आश्विन २०७३, शुक्रबार ०७:५३


असोज ७, धादिङ । नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनभित्र रहेको रेडियो धादिङ १०६ मेगाहर्जको भवन र सँगै रहेको महिला सुरक्षा भवन आज बिहान उज्यालो नहुँदै जिल्ला वन कार्यालय, धादिङले भत्काइदिएको छ ।

गत साउन ३० गते दिउँसो उक्त भवन भत्काउन खोज्दा स्थानीयवासीले विरोध गरेका कारण भत्काउन नसकेकोमा आज बिहान ४ बजे नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सशस्त्र बल रक्षकको सहयोगमा डोजर लगाएर दुवै भवन भत्काइएको हो ।

रातिको समयमा डोजर लगाएर भवन भत्काउँदा रेडियो धादिङ र महिला सुरक्षा भवनको कुनै सामान झिक्न पाएनन, रेडियो धादिङको सञ्चालन ग्रामीण सञ्चार सहकारी संस्थाले गर्दै आएको छ । 

एमालेको विरोध 

नेकपा (एमाले) ले रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यालयमा गएराति सुरक्षाकर्मीबाट आक्रमण भएकोमा आपत्ति जनाएको छ । 

स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा निलकण्ठ नगरपालिका– ८ साँगुटारमा बनाइएको उक्त सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैर जिम्मेवारी र स्थानीय प्रशासनको पूर्वाग्रह झल्किएको तथा यसले कानुनी राज्यको समेत खिल्ली उडाइएको एमालेले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’