Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चितवन–२ मा रवि लामिछाने विरुद्व कालोमोसो अभियानका संयोजक शम्भु थापाले उम्मेदवारी दिने

२०७९, १९ चैत्र आईतवार ०७:०५

चैत १९, चितवन | चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचनमा रविलामिछाने विरुद्व शम्भु थापाले उम्मेदवारी दिने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने उद्देश्यले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बनाएको समितिका चितवन संयोजक रहेका थापाले आज दिउँसो रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्न लागेका छन् । गत मंसीर ४ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो।

अहिले रिक्त रहेको चितवन २ को प्रतिनिधि सभा सदस्यमा लड्न नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपानेले उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यस्तै रास्वपाबाट रवि लामिछाने उम्मेदवार बन्दैछन् ।

निर्वाचन आयोगका अनुसार चितवन २ मा हुने उपनिर्वाचनका लागि भोली चैत २० गते मनोनयन दर्ताको कार्यतालिका रहेको छ । सार्वजनिक कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र चैत २२ मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने छ। यस्तै, चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै