१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविको दिक्दारी : यो देशमा म घाँडो नै भएको हो भने मारिदिए पनि भयो

२० चैत्र २०७९, सोमबार ०५:३५

चैत २०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवन २ मा उपचुनाव लड्न आफ्नो मनोनयन दर्ता गरे । उनी पार्टीको दलबलसहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

सञ्चारकर्मीको प्रश्न मूलतः अदालतमा उनी विरुद्ध दायर गर्न लागिएको पासपोर्ट दुरुपयोगको मुद्दासँग सम्बन्धित थियो । यस विषयमा रविले आफ्नो प्रष्टीकरण मात्रै दिएनन्, आक्रोश र दिक्दारी पनि व्यक्त गरे । आफूले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आइरहेको उनले बताए । तर अनाहकमा दुख दिन खोजिएकोप्रति खेद व्यक्त गरे ।

उनले भने- ‘अदालतको पूर्ण पाठमा नै लेखिएको छ कि २०१८ मा त्यागिसकिएको भनेर लेखिएको छ । त्यसलाई पनि कसैले व्याख्या गर्छ भने… यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि…अरू त…’

साथै उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए ।

‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ,’ उनले भने, ‘राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन् ।’

आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको बताउँदै उनले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’

मतान्तर कति होला भन्ने प्रश्नमा उनले त्यो निर्वाचनपछि मात्र थाहा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड