Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी र एकीकृत समाजवादीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने

२०७९, २० चैत्र सोमबार ०६:०४

चैत २०, काठमाडौँ | नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने भएको हो । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ८ हजार ४०७ रहेको छ । 

पार्टीले उम्मेदवार नउठाउने भएपछि कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सघाउने अधिकारीले बताए । यस्तै तनहुँ १ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको केन्द्रीय सदस्य आशा कोइरालाले बताइन् । तनहुँका माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउनुपर्‍यो गत शनिवार प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए । तर सो क्षेत्रमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेको छ । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ७ हजार ३२६ रहेको छ । 

यस्तै बारा २ मा सो पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । उक्त क्षेत्रमा यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने माओवादी केन्द्रका सचिव गणेश साहले बताए । ‘बारा २ बाट हाम्रो पार्टीको उम्मेदवार हुने छैन । हामीले उपेन्द्रजीलाई सघाउने निर्णय भैसकेको छ’ साहले भने, ‘यदि हामीले चुनाव जितेको भए पहिलो दाबी हुने थियो । हामीले चुनाव हारेको क्षेत्र पर्‍यो । गठबन्धनलाई साथमा लिएर जानुपर्ने भएकाले उपेन्द्रजीलाई सघाउने तयारी छ ।’  यस क्षेत्रमा माओवादीको समानूपातिक मत ३ हजार २६५ रहेको छ । 

माओवादीले तनहुँ १ बाट चुनाव लड्न पार्टी कोषाअध्यक्ष श्रीराम ढकालसहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने सूर्यबहादुर गौलीको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिस भएका ढकालले चुनाव नलड्ने घोषणा गरेपछि अन्तमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हो ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो ।

सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । समाजवादीले तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने भएको छ । तनहुँ १ मा सो पार्टीको समानुपातिक मत ९५० र चितवन २ मा समानुपातिक मत ६१६ मात्रै छ । बारा २ मा  समाजवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । यस क्षेत्रमा समाजवादीको समानुपातिक मत १ हजार ९९६ मत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै