२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विवेकशील साझाले तनहुँमा रास्वपालाई समर्थन गर्ने

२०७९, २० चैत्र सोमबार ११:०९

चैत २०, तनहुँ | विवेकशील साझा पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ । विवेकशील साझा पार्टीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।

गत मंसिरमा भएको निर्वाचनबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको उक्त क्षेत्रमा १० वैशाखमा उपनिर्वाचन हुँदै छ । 

 'राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महसुस गर्दै विवेकशील साझा पार्टी, तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थन गर्दछ,' पार्टीले जारी विज्ञप्ति उल्लेख गरेको छ ।  

विवेकशील तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगाना डा. पार्टी सभापति स्वर्णिम वाग्लेलाई पत्र दिँदै समर्थन गर्ने बताएका हुन् । 

वाग्लेलाई घण्टी चिन्हमा मतदान गरी विजयी गराउनका लागि सम्पूर्ण पार्टीका सदस्य, शुभचिन्तक तथा मतदाताहरूलाई हार्दिक अपिल गर्ने ढुंगानाले बताए । ढुंगनालाई सभापति लामिछानेले धन्यवाद दिँदै आगामी दिनमा थप सहकार्य गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै