२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मिटरब्याजी पीडितलाई सरकारले भन्यो : काठमाडौँ आएर दुःख पाउने होइन आफ्नो ठाउँ फर्किनुपर्छ

२०७९, २१ चैत्र मंगलवार ११:२९

चैत २१, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तराईका विभिन्न ठाउँबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई काठमाडौँ आएर दुःख पाउन नहुने बताएकी छन् । सरकारकी प्रवक्ता समेत रहेकी शर्माले सरकारले मिटरब्याजी पीडितलाई न्याय हुनेगरी शक्तिशाली जाँचबुझ आयोग र अपराध संहिता संशोधन प्रक्र्रिया अघि बढेकाले काठमाडौँ आएर दुःख नपाउन सुझाव दिएकी छन् । 

‘मिटरब्याजसँग सम्बन्धित समस्याका विषयमा जाँच बुझ आयोग गठन भएको छ । खास मिटरब्याज पीडितलाई सम्बोधन गर्ने अरुलाई नगर्ने आशयको होइन । यो आयोगले मिटरब्याजीसँग सम्बन्धी सबै समस्या सदाका लागि सम्बोधन गर्ने उद्देश्यसहित गठन गरिएको हो । यसको मुख्यालय जनकपुरमा राखिएको छ’ शर्माले भनिन्, ‘पीडितहरुले आफ्ना कुरा सहजढंगले पु¥याउन सकुन् भनेर हो । जनकपुरमै कार्यालय राखिएको छ ।  मिटरब्याजीका के कस्ता समस्याहरु छन् ? समस्याका सामान कसरी गर्ने भन्ने सुझाव दिने छ ।’

मिटरब्याजी पीडितहरुले मन्त्रिपरिषद् गरेको निर्णय विस्तृत रुपमा थाहा नपाएर आएको हुन सक्ने भएकाले विस्तृत रुपमा बुझ्न शर्माले आग्रह गरिन् । ‘मन्त्रिपरिषद्का निर्णय थाहा नपाएर आउनु भएको हुनसक्छ । उहाँहरुसँग विस्तृतमा छलफल र कुराकानी हुने छ । उहाँहरु काठमाडौँमा दुःख पाउने होइन । उहाँहरु आफ्नो ठाउँमा फर्किनुहुन्छ’ शर्माले भनिन्, ‘सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न जाँच बुझ आयोग गठनगरी सकेको छ । सबै समस्या शादका लागि समाधान हुनेगरी अघि बढेको छ । यसलाई कानुनी दायरामा ल्याउन अपराध संहिता २०७४ लाई पनि संशोधन गर्ने निर्णयगरी सकेका छौं ।’ 

विगतमा कानुन नहुँदा मिटरब्याजीलाई समाउन नसकिएको शर्माले बताइन् । अब अपराध संहिता संशोधन भएमा सबै मिटरब्याजी कानुनी दायरामा आउने शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै