मोहम्मद ईजहार शेष/असोज ७, परासी । विभिन्न आर्थिक दृष्टिकोणले नवलपरासीलाई विकास गर्ने प्रचुर सम्भावना रहेको भन्दै ति पक्षलाई उजागर गराउन मिडियाको भुमिको अहम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/असोज ७, परासी । विभिन्न आर्थिक दृष्टिकोणले नवलपरासीलाई विकास गर्ने प्रचुर सम्भावना रहेको भन्दै ति पक्षलाई उजागर गराउन मिडियाको भुमिको अहम "/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको विकासमा मिडियाको सक्रिय भुमिका आवश्यक: अध्यक्ष थापा

२०७३, ७ आश्विन शुक्रबार १२:२१


मोहम्मद ईजहार शेष/असोज ७, परासी । विभिन्न आर्थिक दृष्टिकोणले नवलपरासीलाई विकास गर्ने प्रचुर सम्भावना रहेको भन्दै ति पक्षलाई उजागर गराउन मिडियाको भुमिको अहम रहेको  उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भएको छ । 

बिजनेश खबर पाक्षिक पत्रिकाको आयोजनामा परासी स्थित गुरुग्रिनरी फेमिली रेष्टुरेन्टमा आयोजित जिल्लाको समग्र विकासमा मिडियाको भुमिका विषयक अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले औद्योगिक क्षेत्रका सम्भावना र चुनौतीहरुलाई मिडियाले केन्द्रसम्म नपु¥याए जिल्लाको विकास गर्न धेरै कठिन हुने  कुरा बताउनु भएको हो । 

थापाले जिल्लामा औद्योगिक करिडोर स्थापना गर्न, फास्ट ट्रयाक निर्माण गर्न, त्रिवेणी, मदारथान बाबा, रामग्राम स्तुप, पन्डितपुर, मौलाकालिका, दाउन्नेदेवी, पाल्ही मन्दिर र नन्दन ताल लगायतका पर्यटकिय क्षेत्रहरुलाई व्यवस्थापन गर्न र पर्यटकिय क्षेत्र बनाउन मिडियाहरुले व्यापक रुपमा यसलाई केन्द्र सम्म पु¥याउन आग्रह गर्नु भयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र गुप्ताले लामो समयदेखि महेसपुर छोटी भन्सारलाई जिल्लाको मुल भन्सारको रुपमा बनाउन संघले विशेष पहल गरि रहेको जानकारी दिनुभयो । कार्यक्रममा बिजनेश खबरका सम्पादक दामोदर खनालको अध्यक्षतामा भएको कार्र्यक्रममा अतिथि एवं उद्योग वाण्ज्यि संघका पुर्व अध्यक्ष विरेन्द्र अग्रहरी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, महासचिव गिरीराज पाण्डे राखेका थिए । 

यस्तो पुर्व उपाध्यक्ष राधेश्याम अग्रहरी, नेपाल पत्रकार महासंघका सचिव पुरुषोत्तम सुबेदी, महासंघका पुर्व अध्यक्ष टिकाराम गैरे, पत्रकार टिकाराम गैरे , हरि शर्मा , मोहन पौडेल मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष ऋषिराम पौडेल गायतले जिल्लाको विकासका तत्वहरुलाई बढिभन्दा बढि आफनो मिडियाहरुबाट समेटी सम्बन्धित निकायसम्म पु¥याउन साझा धारणा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त