२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैवाहिक जबर्जस्ती करणी मुद्दामा कान्छी श्रीमतीसहित कपिलवस्तुका न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी

२०७९, २२ चैत्र बुधबार ११:०२

चैत २२, कपिलवस्तु | कान्छी श्रीमतीले दिएको वैवाहिक जबरजस्ती करणी मुद्दामा कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई सोही अदालतले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध उनकी कान्छी श्रीमती आरती रावलले जबरजस्ती करणीको मुद्दा दिएकी थिइन् । यद्यपी न्यायधीश गिरी दुई साताअघि काजमा न्यायपरिषदमा गएका छन् ।

जिल्लामा पटक पटक उनले यो विवाद समाधान गर्न चाहेपनि रोकिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेपछि अदालतले अनुमति दिएको अदालत स्रोतले बतायो ।

सोहीअनुसार गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको अदालतका स्रोतको भनाइ छ । न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमतीले वैवाहिक करणीको उजुरी कपिलवस्तु प्रहरीमा दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेम बस्नेतले न्यायाशीध गिरीको विषयमा मुद्दा चलिरहेको र अनुसन्धानको विषय नसकिएकाले अहिले नै यसो गरेको भन्न नमिल्ने बताए ।

‘हामी अनुसन्धानमा छौं, उहाँको मुद्दाका विषयमा अहिले हामीले यसो गरियो भनेर प्रचार गर्दा प्रभावित हुन्छ, हामीलाई सुक्ष्म ढंगले अनुसन्धान गर्न दिनुहोस्’, उनले भने ।

तर न्यायाधीश गिरी र उनको परिवारले उजुरी दिएकी आरती रावलले अनेक बहानामा फसाउन षडयन्त्र बनाइरहेको दाबी गर्दै आएका छन् ।

यसअघि न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको हो ।

न्यायधीश गिरी यसअघि सुर्खेतमा कार्यरत रहँदा आरतीसँग भेटघाट भएको र पछि विवादमा आएपछि ०७४ सालमा विवाह गरेर सम्पत्ति दिएको पारिवारिक स्रोतको दावी छ ।

विवाहपछि आरतीले सुर्खेतमा पनि मुद्दाको तयारी गरेपछि गिरीले सरुवा मिलाएर दिपायल, काठमाडौं, नेपालगन्ज गएका थिए । नेपालगन्ज उनले रावललाई सँगै लिएर गएपनि पछि विवादपछि पुनः मुद्दा दिएकी थिइन् । गिरीले त्यहाँ पनि समस्या देखेपछि सरुवा मिलाएर कपिलवस्तु आएको र कपिलवस्तु आएपछि पनि पटक पटक विवाद रहिरहेको छ ।

रावलले आफूलाई सन्तान प्राप्तिको अधिकारबाट बञ्चित गराइएको भन्दै पटकपटक झैझगडा भएपछि न्यायाधीश बनेको केही समयमै भुवन गिरीले २०७९ मङ्सिर ११ गते पत्नी आरती रावलविरुद्ध बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका थिए ।

न्यायधीश गिरीलाई रावलले वैवाहिक बलात्कारको मुद्दा लगाएपछि गिरीले आफ्नो कोठाबाट पैसा चोरेर भागेको भन्दै कपिलवस्तु प्रहरीमा रावलविरुद्ध जाहेरी दिएपनि पछि त्यो दर्ता नगरी राखिएको थियो ।

लामो समय प्रहरीले वैवाहिक बलात्कारको जाहेरी दर्ता नगरेपछि महिला अधिकारकर्मीको दवावमा मुद्दा दर्ता भएको थियो ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै