असोज ७, काठमाडौँ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले प्रधानमन्त्रीले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावले मधेसको समस्या समाधान नहु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, काठमाडौँ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले प्रधानमन्त्रीले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावले मधेसको समस्या समाधान नहु"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्तावले मधेस समस्या समाधान हुन्न: भण्डारी

७ आश्विन २०७३, शुक्रबार १२:५६

असोज ७, काठमाडौँ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले प्रधानमन्त्रीले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावले मधेसको समस्या समाधान नहुने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता भण्डारीले विवादित पाँच जिल्लालाई थाँती राखेर प्रदेशको सीमाङ्कनबारे विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रस्तावले समस्या समाधान नहुने बताएका हुन् । 

“सीमाङ्कनको समाधान नै अहिलेको मुख्य समस्या हो, यसलाई टुङ्ग्याइनुपर्छ भन्ने हाम्रो माग छ, थाँती राख्ने र आयोग बनाएर विवादित पाँच जिल्लाको समस्या समाधान गर्ने प्रस्ताव हामीलाई मान्य छैन, यसो गरियो भने पछि अरु समस्या उत्पन्न हुन्छ”–उनले भने । 

राज्य पुनःसंरचना आयोगले अघि सारेको प्रस्ताव अनुसार सामथ्र्य र पहिचानकै आधारमा प्रदेशको सीमाङ्कन हुनेमा विश्वस्त हुँदै उनले भने– “मोर्चा जातीय राज्यको पक्षमा छैन, तर पहिचान मेटिनुहुँदैन, संशोधन प्रस्ताव दर्ता गर्दा हतारिनुभन्दा पनि गम्भीरताका साथ अघि बढाउनुपर्छ । ” 

स्थानीय निकाय चुनावका लागि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले अघि सारेको सङ्ख्यामा समेत मोर्चाको आपत्ति रहेको उनले बताए । स्थानीय निकाय प्रादेशिक संरचनाको मर्म र भावनानुसार अघि बढ्ने सङ्घीय प्रावधान भएकाले अहिलेको प्रक्रिया र आधार नै गलत रहेको उनको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का