२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सांसद झाको प्रश्न– यसअघि समेटिएका विषय न्यूनतम साझा कार्यक्रमबाट किन हटाइयो?

२०७९, २४ चैत्र शुक्रबार ०८:२१

चैत २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले यसअघि जारी गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका विषय हटाएकोप्रति असन्तुष्टि जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले भने,‘विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक निर्वाचन ऐन तर्जुमा गर्ने, टाइम कार्डको व्यवस्था गर्ने, गुणस्तरीय रोजगारी, शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन र पहुँचयोग्य स्वास्थ्य सेवा ऐन लगायतका केही विषय राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रबाट सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका छन्। तर, यसभन्दा अघाडि तयार गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका कुराहरू किन हटाइयो?’

उनले सञ्चारमाध्यम र राजनीतिक वृत्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको सरकार भन्ने गरेको भएपनि सरकारले न्यूनतम साझा कार्यक्रमबाट यसअघिका केही विषय हटाएको भन्दै आपत्ति जनाए।

‘त्यो हटाउने अवस्था किन आयो? अस्तिसम्म प्रधानमन्त्रीको सहमतिको विषय अहिले किन असहमतिको विषय भयो?’, झाले प्रश्न गरे। 

उनले बलात्कार सम्बन्धी घटनाहरूको द्रुत छिनोफानो गर्नका लागि केही शर्तहरु राखिएको विषय र कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार सम्बन्धी मुद्दा अघाडि बढाइने भन्ने विषय हटाएकोप्रति आपत्ती जनाए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन