Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

२०७९, २४ चैत्र शुक्रबार ०९:१४

चैत २४, काठमाडौँ | प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको संसद् बैठकको शून्य समयमा बोल्दै एमाले सांसद विद्या भट्टराईले चैत २२ गते सरकारले एकल महिलाका सन्तानलाई मावलीको थर राखेर जन्मदर्ता बनाउन स्थानिय निकायलाई दिएको निर्देशनले नेपालको संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई अस्वीकार गरेको हुदाँ उक्त निर्णय सच्याउन माग गरिन् ।

सांसद राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

सांसद विना लामाले दुर्गम गाँउहरुमा सामान्य एक्सरे मेसिन र डाक्टरको अभावले सामान्य विरामी हुदाँपनि गाँउको जग्गा जमिन बेचेर उपचार गर्न शहर आउनुपर्ने बाध्यता रहेको भन्दै धन भन्दा विद्या ठुलो भन्ने भनाई उल्टो भएर विद्या भन्दा धन ठुलो हो भन्ने अवस्था आईरहेको भन्दै ग्रामिण भेगमा विषेशग्य सहितको चिकित्सकिय सेवा कहिले पुग्छ भन्दै सरकारलाई प्रश्न गरिन् ।

सांसद विराजभक्त श्रेष्ठले गत चैत २१ गते अज्ञात व्यक्तिले चितवनमा हात्तिको सुढ काटिएको घटनाप्रति भत्र्सणा गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को दफा २६ बमोजिम कारबाही गर्न माग गरेका छन् ।

सांसद शान्ती विकले नेपालमा जातिय विभेदको घटनामा कमी आउन नसकिएको भन्दै विभेदको स्वरुप फेरिएपनि अवस्था उस्तै रहेको भन्दै संविधानको पानामा दलितको विभेदप्रति कानुन कोरिएपनि वास्तविक रुपमा दलितप्रतिको व्यवहार परिर्वतन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।

सांसद शान्ती श्रेष्ठले जोरपाटी,गोकर्णजाने सडक जिर्ण भएको कारण आवतजावतमा कष्ट भएको भन्दै समस्या समधान गर्न सरकारलाई आग्रह गरिन् ।

सांसद शिव नेपालीले मुग्लिन नारायणघाट सडकको दुरावस्थाको बारेमा जानकारी गराँँउदै गुडेर हिड्नेको पिडा उडेर हिड्नेले बुझ्न नसक्ने बताए ।

सांसद सुनिता बरालले सरकारले ल्याएको नीति कार्यक्रमले निराश बनाएको टिप्पणी गरिन् ।

सांसद सुमना श्रेष्ठले रास्वपाको पहलमा अघिल्लो पटक ल्याईएको साझा कार्यक्रममा समेटिएका विषय हटाईएको भन्दै रास्वपालाई कित्ताकाट गर्न खाजिएको हो भन्दै प्रश्न गरिन् ।

सांसद सोविता गौतमले राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षकले अहिलेसम्म श्रम स्वीकृती नपाएको भन्दै यो खेल प्रतिको उदासिनता रहेको उल्लेख गर्दै खेल जितेको बेला खुजुरा पैसाको बिटो बाडेर खेलप्रतिको दायित्व पुरा नहुने भन्दै मुख्य प्रशिक्षकलाई तत्काल श्रम स्वीकृती प्रदान माग गरिन् ।

सांसद सञ्जयकुमार गौतमले यो सदनमा जति बोलेपनि कसैले नसुन्ने भन्दै सरकारलाई व्यंग्य गरे ।

अर्का सांसद ज्ञानेन्द्र शाहीले सरकारको चरित्र दोहोरो भएको भन्दै सरकारले भनाई र गराईमा विभेद गरेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै