२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई यति धेरै फुर्सद भएको देखेर छक्क पर्छु : महामन्त्री थापा

२०७९, २४ चैत्र शुक्रबार ०९:४६

चैत २४, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्देशन र घोषणामा नअलमलिन सुझाव दिएका छन् । उनले अहिलेको राजनीतिक प्रणालीप्रति नागरिकहरू आत्तिएको अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले अलिकति पनि अलमल नगरी आत्मविश्वासका साथ समयको सदुपयोग गर्नुपर्ने बेला रहेको बताए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको भन्दै त्यसलाई संसद्मार्फत् सार्वजनिक गर्नु अझै उपयुक्त हुने बताए ।

‘गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा केही महत्त्वपूर्ण विषयहरू समेटिएका छन्, कतिपय विषयहरू छुटेका छन्, तर जे जति प्रण गरिएको छ, त्यो घोषणाभन्दा पनि कार्यान्वयन हुनु जरुरी हुन्छ,’ महामन्त्री थापाले भने, ‘तर मलाई मेरो प्रधानमन्त्रीमा त्यसको कार्यान्वयनका लागि आत्मविश्वास देखिरहेको छैन, उहाँमा धेरै अलमल भएको पाइरहेको छु ।’

सांसद थापाले प्रधानमन्त्री दाहालको फुर्सद देखेर आफू अचम्मित भएको बताए ।

‘कहिले काँही मलाई कार्यक्रमको निम्तो आउँछ, म ब्यस्त छु भनिरहेको हुन्छु, तर प्रधानमन्त्रीलाई बोलाएका छौँ, प्रधानमन्त्रीले समय दिनुभएको छ । तपाईँ प्रधानमन्त्रीभन्दा पनि व्यस्त भनेर मप्रति प्रश्न उठाउँछन्,’ थापाले भने, ‘मेरो प्रधानमन्त्रीको यति धेरै फुर्सद देखेर म छक्क परिरहेको छु ।’

उनले प्रधानमन्त्री दाहाल अहिलेसम्म निर्देशन र घोषणामा अल्झिरहेको भन्दै निर्देशन र घोषणा गरेर सुधार हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।

‘प्रधानमन्त्री निर्देशन र घोषणामा अल्झिनुभएको छ, दिनहुँ नयाँ नयाँ घोषणा त आइरहेका छन्, तर काम भएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीको मुख्य काम सरकार चलाउने हो, प्रधानमन्त्रीको प्राथमिकतामा सरकार सञ्चालन हुनुपर्छ । गठबन्धनको बैठक महिनामा एक पटक गरे हुन्छ । पार्टीको अध्यक्ष छु भनेर त केही दिन बिर्सिदिए पनि हुन्छ । प्रधानमन्त्री आफैँले एक्सन गर्ने हो, निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मान्यताबाट प्रधानमन्त्री ब्युँझिनुपर्छ ।’

उनले परिणाम दिने गरी काम गर्ने कुरामा प्रधानमन्त्रीको टिम र प्रधानमन्त्री कार्यालय कस्तो छ भन्ने कुराले अर्थ राख्ने बताए । ‘वास्तवमा प्रधानमन्त्री भनेको क्यापटेन अफ दि सीप नै हो । मन्त्रालयले, मन्त्रीले गर्ने सबै काम प्रधानमन्त्रीको नेतृत्वमै हुने हो । त्यसैले प्रधानमन्त्रीलाई टिम चाहिन्छ । प्रधानमन्त्रीको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उसको कार्यालय हो, हाम्रो प्रधानमन्त्री कार्यालय कस्तो छ भनेर हामीले प्रधानमन्त्रीले आफ्नो काम कसरी गरिरहनुभएको छ भनेर अन्दाज लगाउने हो भने अर्कै अवस्था छ,’ उनले भने ।

सांसद थापाले प्रधानमन्त्री कार्यालयमा सबैभन्दा अब्बल, योग्य र परिणाम दिन सक्ने कर्मचारीहरूलाई राखेर काम लगाउन सक्नुपर्ने बताए । ‘हामी कहाँ सेवानिवृत्त हुन लागेका, कारबाहीमा परेका, काम लगाउन नपरे हुन्थ्यो भन्ने लागेका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा लगेर थन्काइदिने व्यवस्था छ,’ महामन्त्री थापाले भने, ‘वास्तवमा यो नै सबैभन्दा गलत छ । प्रधानमन्त्रीको टिम भनेकै प्रधानमन्त्रीको कार्यालय हो । टिम नै त्यस्तो भयो भने काम कसरी हुन्छ ?’

उनले अब सरकारले एक दिन एक परिणाम दिने गरी काम गरिरहेको अनुभूत गराउन सक्नुपर्ने बताए । ‘सरकारको न्यूनतम साझा कार्यक्रम आएको छ, अब प्रधानमन्त्रीज्यूले छ महिनाको समय लिनुहोस् र परिणाम लिएर संसद्मा आउनुहोस्,’ उनले भने, ‘नयाँ सरकार बनेको छ, नयाँ सुरुवात भएको छ । तर जनतामा कुनै आशा छैन, भरोसा छैन । वास्तवमा यो राजनीतिक प्रणालीसँग भरोसा टुटेको अवस्थाबाट मुलुकलाई बाहिर ल्याउनका लागि प्रधानमन्त्रीले बोल्नेभन्दा धेरै सोच्नुपर्ने, समय लिएर काम गर्नुपर्ने अवस्था छ, मसँग कति संख्या छ ? त्यो संख्या कसरी जोगाउने भनेरमात्रै हुँदैन । हामीलाई अबको पाँच वर्ष पहिल्यै जसरी खेर फाल्न सुविधा छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन