Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निलम्बन पछि श्रेष्ठको स्पष्टीकरण : दुर्गा प्रसाईंलाई चिन्दिनँ, अडियोको आवाज मेरो होइन

२०७९, २६ चैत्र आईतवार ०९:०७

चैत २६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँको डिल गरेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले अस्वीकार गरेका छन् । सार्वजनिक भएको अडियोमा सुनिएको स्वर आफ्नो नभएकोसमेत उनको जिकिर छ ।

अडियो सार्वजनिक भएसँगै पार्टीभित्र हंगामा उत्पन्न भएपछि श्रेष्ठले अनौपचारिक रुपमा आफ्नो स्पष्टीकरण दिएका हुन् । पार्टीको म्यासेञ्जर ग्रुपमा सन्देश लेख्दै उनले आफू निर्दोष भएको बताएका छन् ।

‘म दुर्गा प्रसाईंलाई चिन्दिनँ, कहिल्यै उहाँसँग पैसा मागेको छैन’, श्रेष्ठले भनेका छन् ।

आफूले मन्त्री बन्ने कुनै प्रयाससमेत नगरेको श्रेष्ठको भनाइ छ । उनले पार्टीबाट हुने छानबिनमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । श्रेष्ठले अस्वीकार गरे पनि अडियोमा सुनिएको आवाज श्रेष्ठसँग एकदमै मिल्दोजुल्दो रहेको नेताहरु बताउँछन् ।

‘यदि कसैले दुरुस्तै क्यारिकेचर गरेको भए बेग्लै कुरा, नत्र हामीले सुन्दा उहाँकै जस्तो लाग्छ’, एक केन्द्रीय सदस्यले भने ।

यो अडियोका विषयमा श्रेष्ठसँग प्रत्यक्ष सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन रिसिभ भएन । व्यवसायी प्रसाईंसँग पनि सम्पर्क हुन सकेन । उनी अहिले वीरगञ्जमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै