Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेभित्रका पूर्व माओवादी नेताहरु एउटै मञ्चमा आउन तयार हुनुहुन्छ : महरा

२०७९, २७ चैत्र सोमबार १०:००

चैत २७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमालेभित्रका पूर्व माओवादी नेताहरु एउटै मञ्चमा आउन तयार भएको बताएका छन् । माओवादी धारले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महराले जनयुद्धकालीन मुद्दामा सहकार्य गर्न सहमत भएको बताए ।  

कम्युनिस्टहरुको व्यवहार गर्दा सिद्धान्त बिर्सने सिद्धान्त अंगाल्दा व्यवहार बिर्सने वंशाणुगत रोग भएकाले त्यसलाई त्याग्नुपर्ने महराले बताए । पूर्व माओवादी घटकहरु सकेसम्म एकता नभए मोर्चा बनाएर अघि बढिने बताए ।

‘हामी माओवादी धार सकेसम्म पार्टी एकता गरेर जाने उद्देश्य बनाएको छ । यदि नसेकेमा संयुक्त मोर्चा बनाएर जाने सोचिएको छ । यस विषयमा सुरुदेखि सहमत भएर आएका छौं’ महराले भने,  ‘यस मञ्चमा भएका केही पार्टीहरुसँग केही दिनभित्र एकता हुन्छ । कतिपय पार्टीसँग कार्यगत एकता गरेर अघि बढिने छ ।’ 

पछिल्लो समय प्रचण्डले सबै माओवादी घटकका नेताहरुसँग संवाद गरेको महराले बताए । ‘प्रचण्ड कमरेडसँग किरण, धर्मेन्द्र, विप्लवजीले भेटेर कुरागरी राख्नु भएको छ । सबैसँग कुरा भइराखेको छ’ महराले भने, ‘तर सबै माओवादी घटकको एकता छिटो हुँदैन । यी सबै पार्टीसँग एकता, संयुक्त मोर्चा र मञ्च प्रयोग गरेर सहकार्य हुन सक्छ ।’

यस्तै महराले आगामी कार्यक्रममा फरकढंगले माओवादी धारको कार्यक्रम सञ्चालन गरिने बताए । आफूहरु नबोलेर काँग्रेस, एकीकृत समाजवादी, जसपा लगायत नेताहरुलाई बोल्न दिइने भएको छ । यस्तै नागरिक समाजका अगुवाहरुलाई समेत बोलाएर छलफल गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै