Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकता विधेयक अगाडि बढ्छ: गृहमन्त्री श्रेष्ठ

२०७९, २८ चैत्र मंगलवार ०८:४७

चैत २८, रुपन्देही | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँग सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् 

प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

सरकारले १ सय दिन पूरा गर्दा पनि प्रभावकारी काम गर्न नसकेको र सरकारको स्थायित्वका आधारका विषयमा पत्रकारहरूको जिज्ञासामा श्रेष्ठले भने, ‘यसअघिको गठबन्धनमा समस्या थियो, त्यसबाट स्थायित्व सम्भव थिएन, अब त्यो समस्या हटेको छ, अब हामीले मूर्तरूपमा काम गर्न पाउनेछौँ ।’

यसअघि संसदमा रोकिएको नागरिकता विधेयकलाई अब अगाडि बढाउने उनले जनाएका छन् ।

‘मैले गृह मन्त्रालय सम्हालेको दिन भनेको छु जसले संविधानअनुसार नागरिकता पाउन सकेका छैनन्, उनीहरूलाई नागरिकताबिहीन बनाएर राख्न सकिँदैन, नागरिकता नहुँदाको पीडा बोध गर्न सक्नुपर्छ, त्यस कारण संविधानअनुसार नागरिकता पाउनेहरूको लागि यसअघि विधेयक बनाइएको थियो, त्यो विधेयक अगाडि बढ्न सकेन, अहिले त्यो विधेयक निष्क्रिय भएको छ, अब त्यसलाई हामी अगाडि बढाउँछौँ,’ मन्त्री श्रेष्ठले भने–’त्यो दिशातर्फ हामी पहलकदमी लिन्छौँ । तर नागरिकताको विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने पक्षमा हामी छौँ । यसमा सबै दलको नेतृत्व, देशको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको व्यक्तिले उपयुक्त राय दिन जरुरी हुन्छ । सबै पक्षको सहमति कायम गरेर अगाडि बढ्नेछौँ ।’

नेपाल आउने भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी रकम ल्याउन नदिएर समस्या पारेको र क्यासिनो आउने पर्यटकहरूले अवैध तरिकाले रकम ल्याउँदा समस्या परेको विषयमा पत्रकारको प्रश्नमा मन्त्री श्रेष्ठले अहिले चलेको कानूनभन्दा अगाडि जान नसकिने तर पर्यटन प्रवर्द्धनलाई मुख्य लक्ष्य राखेकाले यसबारे यसअघिका नीति पुनः विचार गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै