Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपालाई इमानको कशीमा ताज पहिराएर सबैभन्दा माथि राख्छु– रवि लामिछाने

२०७९, २९ चैत्र बुधबार ०७:४९

चैत २९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई इमानको कशीमा सबैभन्दा माथि ताज पहिर्याएर राख्ने बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीका विवादित सांसद ढाकाकुमार श्रेष्ठलक्षित टिप्पणी गर्दै उनले भ्रष्टाचारका मुद्दामा पार्टीले ऐतिहासिक निर्णय लिने बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई इमानको कशीमा सबैभन्दा कडा र सबैभन्दा माथि ताज पहिर्याएर राख्ने अभिलासा छ मेरो । म यो पुरा गर्छु । आफ्नालाई हेरेर होइन्, आम नागरिकलाई आफ्नो सोचेर निर्णय गर्नपर्ने हुन्छ,’– उनले भने ।

ऐतिहासिक घटनाक्रममा ऐतिहासिक निर्णय लिने उनले बताएका छन् । व्यक्तिको हितलाई हेरे भन्दा पनि आम नागरिकको हितमा निर्णय हुने उनले बताए । ‘इतिहास त्यतिखेर बन्छ, जब ऐतिहासिक घटनाक्रम आउँदा मान्छेले ऐतिहासिक निर्णय लिन्छ । पार्टीले राजनीतिक निर्णय लिँदा त्यो निर्णय व्यक्तिलाई हेरेर लियो कि मुलुकलाई हेरेर लियो ? त्यो भन्दा बाहेक अरु सोच्न हुँदैन,’– उनले भने ।

उक्त निर्णयमा विधि, कानुन र राजनीतका स्थापित मान्यताहरुका आधारमा निर्णय लिने बताए । आफूहरुका लागि जनतासँग गरेका वाचा र सुशासन महत्वपूर्ण भएको उनले बताए ।

‘भर्खरै सुरुवात भएको, नौ महिनामात्रै भएको पार्टीको जिम्मेवार सभापतिको हैसियतले यो बेलामा विधि के हो ? कानुनले के भन्छ ? राजनीतका स्थापित मान्यताहरु कस्तो हुनुपर्दछ ? राजनीति के का लागि गरेका हौं ? हामी किन राजनीतिमा आयौं ? आम जनताले छ महिनाभित्र हामीलाई जनताले यतिधेरै विश्वास किन दिए ? यो देशलाई माया गर्ने मानिसहरु आज यो पार्टीबाट राजनीतिक यात्रा किन सुरु गर्न चाहन्छन् ? हामीले जनताको घरदैलोमा पुगेर के के वाचा गर्यौं ? सबै कुराहरु हाम्रा लागि महत्वपूर्ण कुुरा हुन्,’– उनले भने ।

रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैया घुस मागेको अडियो सार्वजनिक भएपछि उनी विवादमा छन् । श्रेष्ठलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधिसकेको छ । रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकले उनलाई के कारबाही गर्ने भन्ने बारेमा निर्णय लिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै