१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्री महतले न्यूयोर्कबाट भने- ‘नेपालको संविधान समावेशी छ’

८ आश्विन २०७३, शनिबार ०६:५३

असोज ८, न्युर्योक । परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई आज  सम्बोधन गर्दै परराष्ट्रमन्त्री महतले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गरे ।

उनले विगतका दुई वटा द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीचमा भएको पछिल्लो गठबन्धनले पनि नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिएको तथा कार्यान्वयन पनि सहज रुपमा अगाडि बढ्ने स्पष्ट पारे ।

नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने स्पष्ट पार्दै मन्त्री महतले राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीनवटामा महिला नै प्रमुख रहेको बताए । उनले  त्यसो भनीरहँदा कार्यक्रममा उपस्थित विदेशी मित्र एवम् सहभागीले ताली पिटेर समर्थन मात्रै जनाएनन् नेपालको संविधानको समावेशिता अनुपम रहेको टिप्पणी गरे ।

संविधान दिवस एवम् राष्ट्रिय दिवसको नाम दिएर आयोजना गरिएको कार्यक्रममा विभिन्न मुलुकका प्रतिनिधि एवम् संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानले नेपालको संविधान दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको बारेमा जानकारी गराउन सफल हुने विश्वास व्यक्त गरे ।

उनले महासचिव वान कि मुनको तर्फबाट नेपालको संविधान दिवसको अवसरमा शुभकानमा व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन नेपालका सबै राजनीतिक दल मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख दुर्गाप्रसाद भट्टराईले महासभाको अवसरमा नै नेपालको संविधान दिवसको कार्यक्रम आयोजना गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताए ।

कार्यक्रममा महासभामा सहभागी विभिन्न मुलुकका परराष्ट्रमन्त्री, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, अमेरिकामा रहेका नेपाली समुदाय, उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीले नेपालको संविधानका बारेमा चासो राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल