Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

डिभोर्सको मुद्दा चल्दाचल्दै यौनशोषण गरेको आरोपमा न्यायाधीश गिरीमाथि पत्नीको अर्को जाहेरी

२०७९, ३० चैत्र बिहीबार ०६:३१

चैत ३०, काठमाडौँ | न्यायपरिषद्का न्यायाधीश भुवन गिरीमाथि कान्छी पत्नी आरती रावलले अर्को जाहेरी दर्ता गरेकी छन् । उनले आफूमाथि श्रीमानले फेरि बलात्कार गरेको भन्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालीमाटीमा हिजो जाहेरी दिएकी हुन् ।

३९ वर्षीय रावलले यसअघि गिरीमाथि वैवाहिक बलात्कार तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले गिरीलाई जिल्ला अदालत कपिलवस्तुमार्फत पक्राउ पुर्जी जारी गरेको थियो ।

गिरीलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरी कपिलवस्तु पठाइसकेको छ । पक्राउ पुर्जी जारी भइसकेपछि पनि गिरीले आफ्नै कोठामा आएर बलात्कार गरेको भन्दै रावलले हिजो अर्को जाहेरी दिएकी हुन् ।

रावलले जाहेरीमा उल्लेख गरेअनुसार गिरीले उनलाई अस्ति फोन गरेर एकपटक जसरी पनि भेट्न आग्रह गरेका थिए । त्यसपछि उनीहरूको भेट सुन्धारास्थित काठमाडौं मलमा भएको थियो ।

भेटपश्चात आफ्नो मोबाइलसमेत कब्जामा लिएर गिरीले मुद्दा फिर्ता लिन दबाब दिएको रावलको आरोप छ । आफूले नमानेपछि पछ्याउँदै गोंगबुस्थित आफ्नो कोठामै आएको उनले बताएकी छन् ।

रावल अहिले गोंगबुमा कोठा भाडामा लिएर एक्लै बस्दै आएकी छन् । उनकै कोठामा गिरीले सोमबारको रात बिताएका थिए । त्यसक्रममा आफूलाई रातभर बलात्कार गरेको रावलले जाहेरीमा उल्लेख गरेकी छन् ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म ८ पटक बलात्कार गरेको उनको आरोप छ । भोलिपल्ट बिहान गोङ्गबु प्रहरीले कोठामै आएर गिरीलाई पक्राउ गरेको थियो ।

न्यायाधीश गिरीसँग आफ्नो विवाह २०७५ सालमा भएको तर आफूलाई केवल यौनदासीका रूपमा व्यवहार गरेको रावलको आरोप छ । विवाहपश्चात् आफ्नो गर्भ बसेपछि श्रीमानले गर्भपतन गर्न दबाब दिएको तर नमानेपछि कुटपिट गरेको उनले बताएकी छन् ।

कुटपिटबाट आफ्नो गर्भ खेर गएको उल्लेख गर्दै रावलले त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय धनगढीमा जाहेरी दिएको तर चौतर्फी दबाबपछि फिर्ता लिन बाध्य भएको उल्लेख गरेकी छन् ।

त्यसपश्चात् पनि श्रीमानबाट जबरजस्ती करणी, कुटपिट र यातना जारी रहेको भन्दै दोस्रो पटक उनले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी हुन् । उनको जाहेरीपछि न्यायाधीश गिरीले बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दिएका छन् । सो मुद्दा विचाराधीन छ ।

डिभोर्सको मुद्दा चलिसकेको अवस्थामा यदि श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गरेको खण्डमा त्यसलाई ‘वैवाहिक बलात्कार’ नभएर सिधै ‘बलात्कार’ मान्ने कानूनी व्यवस्था छ । त्यसमै टेकेर अहिले रावलले श्रीमानविरुद्ध बलात्कारको अर्को जाहेरी दिएकी हुन् ।

यता, गिरीले पनि रावलमाथि कुनै मुद्दा हाल्न बाँकी राखेका छैनन् । उनले आफ्नो कोठाबाट पैसा चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए भने बाँके जिल्ला अदालतमा रावलमाथि मानहानीसम्वन्धी सात वटा मुद्दा हालेका छन् ।

रावल न्यायाधीश गिरीकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीलाई अंश दिएपनि उनीसँग गिरीले सम्बन्धबिच्छेद गरेका छैनन् । जेठीपट्टीबाट गिरीका ४ सन्तान छन् । यस प्रकरणमा न्यायपरिषद्ले समेत गिरीमाथि छानबिन थालेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै