Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उद्योग वाणिज्य महासंघको २० औँ अध्यक्ष बन्दै ढकाल ,हालसम्म को को भए अध्यक्ष ?

२०७९, ३० चैत्र बिहीबार ०८:२६

चैत ३०, काठमाडौँ | देशैभरी रहेका उद्योगी व्यवसायी हरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको  साधारणसभाबाट आगामी तीन वर्षको लागी अध्यक्षमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल आजबाट स्वतः २०औँ अध्यक्ष बनेका छन् ।


महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । उक्त विधानको व्यपस्था अनुसार ढकाल आजबाट महासंघको अध्यक्ष भएका हुन्।

को हुन ढकाल ?

चन्द्रप्रसाद ढकाल नेपालका एक चिरपरिचित उद्यमी हुन । बाग्लुङमा जन्मिएका ढकालले २०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गरेका थिए । जागिर र व्यवसाय सँग सँगै अगाडी बढाएका ढकाल २०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छोडेर पूर्णरुपमा व्यवसायमा होमिए । निरन्तर संघर्ष गर्दै जाँदा ढकाल र उनको समुह आज नेपालकै एक प्रतिष्ठित व्यवसायीक घराना बन्न सफल भएको छ ।

हाल ढकाल र उनको समुहको आईएमई ग्रुप(जसमा उनी अध्यक्ष छन) ग्लोवल आईएमई बैंक(यसमा पनि अध्यक्ष),इलाईट क्यापिटल लिमिटेड,हिमालयन पावर पार्टनर लिमिटेड,माउन्टेन इनर्जी नेपाल लिमिटेड,इन्टरनेसनल मनी एक्सप्रेस ,आईएमई अक्सिजन प्राईभेट लिमिटेडदेखि रेमिटेन्स,वैंकिङ,सूचना प्रविधि,पूर्वाधार,अटोमोबाइ,पर्यटन लगायतका ठुला कम्पनिहरुमा लगानी रहेको छ ।

ढकालकै समुह आईएमई ग्रुपले काठमाडौंमा चन्द्रागिरी हिल्स कम्पनी सञ्चालन गरेको छ । जसले काठमाडौंको थानकोटदेखी चन्द्रागिरीसम्म केवलकार सञ्चालन गरिरहेको छ ।

ढकालले महासंघको अघिल्लो निर्वाचनमा किशोर प्रधान(श्रेष्ठ)लाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदसमेत सुरक्षित गर्न सफल भएका थिए।

महासंघमा हालसम्म को को भए अध्यक्ष ?

नेपालभर रहेका सबै उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उधोग वाणिज्य महासंघ नीजि क्षेत्रको सबैभन्दा ठुलो संगठन हो । बि सं २०२२ सालमा काठमाडौंमा विधिवत् रुपमा राजा महेन्द्रले उद्धघाटन गरेर स्थापना भएको संघमा हालसम्म १९जनाले अध्यक्षको कार्यभार सम्हालिसकेका छन् ।

यी हुन हालसम्म का अध्यक्षहरु

१.लोकनाथ जोशी (२०२२-२०२४)

२.जुद्धबहादुर श्रेष्ठ(२०२४-२०२८)

३.पशुपति गिरी (२०२८-२०३२)

४.हरिप्रसाद गिरी (२०३२-२०३५)

५.इन्द्रभक्त श्रेष्ठ (२०३५-२०३८)

यो बीचमा महासंघमा तिब्र विबाद हुँदा नेतृत्वमा कोहीपनि आउन सकेनन् ।

६.महेशलाल प्रधान (२०४४-२०५०)

७.विनोद कुमार चौधरी (२०५०-२०५२)

८.पद्य ज्योति (२०५२-२०५४)

९.आनन्दराज मुल्मी (२०५४-२०५६)

१०.प्रदीपकुमार श्रेष्ठ (२०५६-२०५८)

११.रविभक्त श्रेष्ठ (२०५८-२०६०)

१२.विनोदबहादुर श्रेष्ठ  (२०६०-६२)

१३.चण्डिराज ढकाल (२०६२- ६४)

१४.कुशकुमार जोशी (२०६४ – ६७)

१५.सुरज वैद्य (२०६७- ७०)

१६.प्रदीपजंग पाण्डे (२०७० – ७१)

१७.पशुपति मुरारका (२०७१ -७३)

१८.भवाणी राणा (२०७३- ७६)

१९.शेखर गोल्छा (२०७६- ७९)

२०.चन्द्रप्रसाद ढकाल (२०७९

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै