असोज ८, पर्वत । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । 

सदरमुकाम कुश्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, पर्वत । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । 

सदरमुकाम कुश्म"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक दलकै कारण तीन वटै चुनाव असम्भव: उप्रेती

२०७३, ८ आश्विन शनिबार ०८:००

असोज ८, पर्वत । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । 

सदरमुकाम कुश्मामा आइपुग्नुभएका उप्रेतीले आज बिहान रासससँग कुरा गर्दै अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का पैदा गरेको छ, दलहरु गम्भीर भएनन् भने समस्या उत्पन्न हुनसक्ने बताए ।

 राजनीतिक दलहरु नै चुनावको पक्षमा नभएको आरोप लगाउँदै उनले बाँकी १६ महिनाभित्र तीन वटै चुनाव गर्न सकिने भएकाले अब तत्काल ऐन बनाएर अघि बढ्नुपर्ने बताए । 

उप्रेतीले दुई दशकदेखि हुन नसेकेको स्थानीय निकायको निर्वाचन जति सक्दो चाँडो गर्नुपर्नेमा पनि जोड दिए । 

निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनको वातावरण बनाउन सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने सुझाव दिए । 

लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले दलहरुको सहमतिमा ऐन निर्माण गरेर निर्वाचन आयोगलाई तयारी गर्न दिनुपर्ने बताउँदै उनले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने बताए । 

उप्रेतीले भने–“अघिल्लो निर्वाचनमा पनि केही दल असहमत थिए तर मिति घोषणा भएपछि सफल रुपमा सम्पन्न भयो, अहिले पनि त्यही माध्यमबाट अघि बढ्नु आवश्यक छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने